रौतहट १९ कार्तिक
जनता समाजवादी पार्टीका रौतहट निर्वाचन क्षेत्र नम्बर १ क विधान सभाबाट प्रत्यक्ष रुपमा निर्वाचित प्रदेश सभा सदस्य बाबूलाल साह कनु ले कोरोना भाइरसको संक्रमणको बहानामा विगत लामो समय सम्म बन्द गरिएको नेपाल भारत सीमा नखोलिए संघीय सरकारको विरुद्धमा आन्दोलन गर्ने बताउनुभएको छ ।
बुधवार आफ्नै निवासमा पत्रकारहरु सित कुरा गर्दै प्रदेश सांसद साहले करीव ८ महीना देखि नेपाल भारत सीमा बन्द गरिएको कारन मची देखि महाकाली सम्मका आम नेपाली जनतालाइ ठूलो समस्याको सामना गरिनु परेकोले अव छिटै सिमा खुल्ला गरी नेपाली जनतालाइ उत्पन्न भएको समस्याबाट मुक्ति दिनु पर्ने संघीय सरकारलाइ आग्रह गरेका छन ।
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्ने उदेश्यले नेपाल सरकारले गएको चैत्र ११ गते देखि नेपाल भारत सिमा बन्द गर्ने घोषणा गरेको थियो । कोरोना भाइरसको संक्रमण लामो समय सम्म रहने भएकोले भारत नेपाल विचको सीमा बन्द राख्नु पर्ने उचित नरहेकोले खोल्नु पर्ने धरना राखे ।
प्रदेश सांसद साहले नेपाल र भारत विच मधेशमा बसोवास गर्ने मधेशी नेपाली जनता को धार्मिक , सांस्कृतिक , पारिवारिक सम्वन्धमा सिमा बन्दको असर परिरहेकोले संघीय सरकारलाइ दुवै देशका जनताको सिमा बन्द भएको कारन दैनिकी जीवनमा जटिल समस्या भएकोले सिमा खोल्नु पर्ने ध्यानाकर्षण गराए ।
संघीय सरकारले भन्सारको बाटो भएर आफ्नो दैनिक आवश्यकता पूरा गरिरहेको र सिमा क्षेत्रमा बसोबास गर्ने मधेशी , आदिवासी ,मुस्लिम ,थारू ,समुदायलाइ नियत बस समस्यामा परेको सांसद साहले आरोप लगाए । उनले भने एकै साथ बन्द भएका चीनको नाका खोलने मिलने र भारत सितको सिमा खोलन नमिल्ने भनी प्रश्न गरे ।
बाम नेतृत्वको बर्तमान सरकारले मधेशी सित भारतको सम्वन्धमा तितोपना ल्याउने सडयंत्र पूर्वक सिमा बन्द गरिराखेको आरोप लगाउदै सिमा नका खोलाउन तराईका निर्वाचित जनप्रतिनिधि , नगरक समाज ,बुद्धिजीवी समाज , व्यापारी ,शिक्षक ,पत्रकार समाजलाइ आवाज उठाउनु पर्ने आग्रह गर्दै प्रदेश सांसद साहले प्रदेश सरकारको मार्फत केन्द्र सरकारलाइ बन्द रहेको सिमा खोलन दवाव दिन लगाउने समेत प्रतिवद्धता जनाए ।
हिन्दूहरुको महान पर्व शुभ दीपावली र लोक आस्थाका महा पर्व छठ नजिकदै गएकोले पर्वको लागि सामान खरीद गर्न भारत निपल विचको सिमा नाका खोल्नु पर्ने मांग गरे ।
नेपालमा उत्पादन ,आपूर्तिको अवस्था सहज नरहेको टिप्पणी गर्दै आम नेपाली जनतालाइ चोर बाटो भएर आफ्नो दैनिक आवश्यकताको सामान खरीद गर्न जानू पर्ने बाध्यताको संघीय सरकारले छिटै समाधान नगरे बाध्य भएर सरकारको विरोधमा उत्रिनु पर्ने जनाए ।