रौतहट १९ कार्तिक
१२ वर्ष पछि कार्यान्यवयनमा आएका रौतहट जिल्लाका चर्चित घटना राजपुर बमकाण्डमा कारागारमा कैदी बन्दी जीवन विताईरहेका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका निर्वाचित प्रतिनिधि सभा सदस्य महमद आफताव आलमको मुद्दामा आज देखि साक्षी बकपत्र शुरू भएको छ ।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मतदान पूर्व बूथ कव्जा गर्ने उदेश्यले बम बनाउने क्रममा भएको विस्फोट मा परी घाइते भएका १३ जनालाइ जिउदो ईटा भट्टामा जलाएको अभियोगमा प्रहरी १२ वर्ष पछि गएको २०७६ असोज २७ गते सांसद आलमलाइ हिरासतमा लिए पछि गौण रहेका मुद्दा कार्यान्वयनमा आएका थिए ।
बम विस्फोटमा परी घाइते भएका छोरा लाइ जिउदो ईटा भट्टामा जलाएको भन्दै यमुनामाई गाउँपालिकाका सरुअठा निवासी श्री नारायण सिंहले सांसद आलम विरुद्ध कीटाणी जाहेरी दरखास्त दिएका थिए ।
प्रारंभिक अनुसन्धान पछि थुन छेकको लागि रौतहट जिल्ला अदालत मा पेश गरिएको कर्त्वय ज्यान मुदामा सांसद आलमलाइ पुरपक्षको लागि कारागार चलान गरेको थियो । आलम अहिले पनि कारागार मै रहेका छन । शुरू जिल्ला अदालतमा चलती अवस्थामा रहेका उक्त मुद्दामा बुधवार देखि साक्षी बकपत्र शुरू भएको प्रहरीले जनाएको छ ।
कारागारमा रहेका आलम रौतहट आउने भएपछि जिल्लामा शांति सुरक्षा बलियो पारिएको छ । अदालतको चारै तीर तथा गौर बाजारको मुख्य ठाउ ठाउमा प्रहरी परिचालन गरिएको छ । नेपाल सरकारका साक्षी तथा जाहेरवाला र जाहेरवालाका साक्षीहरुलाइ कड़ा सुरक्षा विच जिल्ला अदालतमा हाजिर गराइएको थियो ।
जाहेरवाला र नेपाल सरकारको तर्फबाट २० जना तथा प्रतिवादीहरुको तर्फ बाट ६ जना हाजिर भएका सरकार पक्षका सहयोगी तथा जनता समाजवादी पार्टीका नेता किरण साहले जानकारी दिएका छन । पहिलो दिन १ जनाको बाकपत्र शुरू भएपनि संपन्न भएको छैन । साक्षी बाकपत्र गर्न कमतीमा २ हप्ता भन्दा बढ़ी समय लाग्ने अनुमान गरिएको छ ।