२७ कार्तिक
रौतहट जिल्लाको सदरमुकाम स्थित गौर भन्सार कार्यालय नजिक स्थानियहरुले विहिवार प्रदर्शन गरेका छन । लामो समय देखि बन्द रहेको नेपाल भारत सिमा नाका खोल्नु पर्ने मांग राख्दै स्थानियहरुले भन्सार कार्यालयको मुख्य गेटमा प्रदर्शन गरेको हो ।
विश्वभरी महमारिको रुपमा फैलिएको कोरोना भाइरस कोभीड़ १९ को संक्रमण नियंत्रणको लागि नेपाल सरकारले सील गरेका नेपाल भारत हिन्दूहरुको महान पर्व शुभ दीपावली पर्व र आस्थाका महापर्व छठ नजिक आइसक्दा पनि नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द गरेका छन ।
चीनको हुवान शहरबाट कोरोना फैलिएर विश्वमा गंभीर असर पारेको मुलुक सितको सिमा नाका खोली सकेका नेपाल सरकारले भारत सित जोडिएक सिमा नका अहिले सम्म नखोलेको कारण आम नेपाली नागरिक सरकार प्रति आक्रोशित हुदै सीमा नाका खोल्नु पर्ने मांग राख्दै प्रदर्शनमा उत्रिएको हो ।
भारतमा सस्तो मूल्यमा पाउने अति आवश्यक खाद्यान सामग्री नेपालमा चर्को मूल्य तिरेर खरीद गर्नु पर्ने बाध्यता भएकोले सीमा नाका पर्वको अवसरमा खोल्नु पर्ने स्थानियहरुले मांग गरेका छन । कोभीड़ १९ को कारण आर्थिक प्रभावमा परेका सिमावर्ती क्षेत्रका आम नेपाली नागरिक महंगाईको चपेटामा फस्न थालेकोले सीमा नाका खोल्नु पर्ने स्थानीयको भनाइ रहेको छ ।
सीमा नाका बन्द भएको कारण पर्वमा असर पर्ने गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ । ८ महीना देखि बन्द रहेको नेपाल भारत सिमाको कारण धार्मिक ,सामाजिक , पारम्परिक रुपमा गंभीर प्रभाव परकोले सीमा खोल्नु पर्ने नेपाल सरकारलाइ ध्यानाकर्षण गराउनु भएको छ ।
मेयर गुप्ताले तराईमा हर्सोल्लास रुपमा मनाउने दीपावली र छठ पर्वमा चाहिने आवश्यक सामग्री नेपालमा उत्पादन नभएकोले नजिकको पर्ने भारतीय बाजारमा लीन जानू पर्ने बाध्यता रहेको जिकिर गर्दै सीमा नाका छिटो भन्दा छिटो खोलीदिन सरकारलाइ आग्रह गरे ।
भारत नेपालको सिमा सुरक्षाको लागि खटिएका भारतीय सुरक्षाकर्मीहरुले नेपाली नागरिकलाइ भारतमा प्रवेश गर्न गरेको सहयोगको कारण नेपाली नागरिकहरु चोर बाटोको सहायता लिएर दैनिक उपभोग्यका सामान देखि लिएर लगाउने लगा कपड़ा समेत खरीद गरी ल्याउने गरेको देखिएको छ । नेपाली सीमामा खटिएका शसस्त्र प्रहरी , नेपाल प्रहरीका जवानले आफ्नो प्रयोगको लागि सामान खरीद गरी ल्याउँदा समस्या गर्ने गरेको स्थानीय भिखारी रायले दुखेसो पोखे ।
भारतबाट आउने ट्रकहरु नेपाल प्रवेश गर्न पाउने र आम नेपाली नागरिक आफ्नो घरायसी सामान ल्याउन नपाउने ? प्रश्न गर्दै उहाले संघीय सरकारको दोहरो निति रहेको बताए ।
भन्सार कार्यालयको बन्द रहेको बैरियर तोड़ने उदेश्यले पुगेका आक्रोशित स्थानियहरु स्थानीय प्रशासन लाइ दिउँसो २ बजे सम्म नाका नखोलिएर बैरियर तोडने चेतावनी दिएका थिए ! २ बजे सम्म नाका खोलने विषयमा जानकारी गराउने भनिए पनि सीमाको विषयमा ठोस निर्णय लिएको छैन ।