२७ कार्तिक
रौतहट जिल्लाको सदरमुकाम स्थित रहेका जिल्ला भन्सार कार्यालय गौरको अगाडी दोस्रो दिन शुक्रवार राजनितिक दलका प्रतिनिधि तथा स्थानियहरुले धरना सहित प्रदर्शन गरेका छन ।
लामो समय देखि बन्द रहेको नेपाल भारत सिमा नाका खोल्नु पर्ने मांग राख्दै राजनितिक दलका प्रतिनिधि ,नागरिक समाजका अगुवा लगायत स्थानियहरुले भन्सार कार्यालयको मुख्य गेटमा धरनाको साथै प्रधानमंत्री केपी शर्मा ओलीको विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेको हो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभीड़ १९ को संक्रमणको जोखिम नियंत्रणको लागि नेपाल सरकारले सील गरेका नेपाल भारत हिन्दूहरुको महान पर्व शुभ दीपावली पर्व र आस्थाका महापर्व छठ नजिक आइसक्दा पनि नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द नै गरी राखेको कारण स्थानियहरु आक्रोशित भई सरकारको विरुद्धमा आन्दोलनमा उत्रेका हुन ।
पर्वको लागि नेपालमा आपूर्ति नहुने सामग्री खरीद गर्न नजिकको सीमावर्ती बाजार भारतको बैरगनिया जान लागेको महिला पुरुषहरुले प्रहरी प्रसाशनको विरुद्ध चर्को नारावाजी गर्दै बन्द रहेको बैरियर छिरेर भारतमा मुख्य नाका भएर प्रवेश गर्न प्रयास गरेको थियो ।
महिलाहरुको प्रयास सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवानले असफल गरे पनि आक्रोश बढ्दै गइरहेको अवस्था रहेको ले कुनै बेला स्थानियहरुले बैरियर तोड़न सकिने अवस्था विध्यमान रहेको देखिन्छ ।
शुभ दीपाली तथा छठ पर्वको लागि चाहिने दाउरा , सुप ,लता कपडा , अरुवा ,सुथनी ,केरा लगायतका सामान भारतमा सहज र सुपथ रुपमा पाउने गरेको कारण नेपाली नागरिकले भारतको बैरगनिया बाजार जाने गरेको छ ।
नेपाल भारत विचको सीमा बन्द भएको अवस्थामा नेपालमा उत्पादन नहुने सामग्री भारतबाट ट्रकमा आयत गर्ने व्यवसायीहरुले चर्को मूल्यमा बिक्री गर्ने गरेको कारण स्थानियहरु मरमा परेका हुन ।
सहज रुपमा आपूर्ति गर्ने तरफ नेपाल सरकारको ध्यान नगई सीमा सीललाइ निरंतरता दिने अग्रसर देखिएको धरना कार्यक्रममा सहभागी भएका प्रदेश सभा सदस्य बाबूलाल साहले आरोप लगाएका छन । उहाले मधेशी जनताको धार्मिक कार्य प्रति असर पुर्याउने उदेश्यले नेपाल सरकारले सीमा खोल्नुको साटो एक महीना समयावधि बढाएको टिपण्णी गरे ।
धरनामा सहभागी भएका जनता समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य रेवन्त झाले यो सरकारको रवैया मधेश विरोधी भएको ठोकूवा गरे । मधेशमा आस्थाका साथ मनाउने पर्व छठ लाइ प्रभावित पर्ने उदेश्यले बाम नेतृत्वको सरकारले कोरोनाको बहना बनाएर सिमा बन्द गरेको आलोचना गरे । सरकारको चर्को विरोध गर्दै नेता झा ले भने चीन सितको सीमा खोल्दा कोरोना नभित्रिने र भारत सितको सीमा नाका खोले कोरोना आउने ? प्रश्न गरे ।
नेपाल भारत विचको सम्वन्धलाइ प्रगाढ़ बनाउनुको साटो सदियौ देखिको सम्वन्धलाइ समाप्त पर्ने सडयंत्र कम्युनिस्ट सरकारले गरिरहेको आरोप लगाए । सीमा नाका बन्द रहेको अवस्थामा भन्सार कार्यालयबाट काठमाण्डौमा भारतबाट ट्रक भित्रियाउने सरकारले आम नेपाली नागरिकलाइ आफ्नो दैनिक उपभोग्यको सामान ल्याउन नपाउने , पारिवारिक सम्वन्ध निर्वाह गर्न रोक लगाउने सरकारको दोहरो निति रहेको दावी गरे ।
गरीव ,निमुखा जनतालाई राहतको सामान पुर्याउन नसकिने संघीय सरकारले जनतालाइ कोरोनाको नाउँमा सस्ती दिन लागेको गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले बताए ।
कोरोना भाइरसको प्रकोप रहेको बेला सीमा बन्द गर्न नसकेका सरकारले कोभीड़ १९ को प्रकोप न्यूनीकरण हुदाको अवस्थामा सीमा बन्द गरेर राख्ने सरकारको निर्णय जनभावना विपरति रहेकोले सीमा खोल्नु पर्ने मांग समेत गरे । उहाले सरकारले आफ्नो निर्णय सच्चियाएन भने पीडि़त जनता सरकारको विरुद्धमा कड़ा रुपमा सड़कमा उत्रिने समेत मेयर गुपताले चेतावनी दिए ।
धरना कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका युवा नेता मोहन यादवले बर्तमान सरकार मधेश विरोधी गतिविधिको निरंतरता दिएको आरोप लगाए ! जनतालाइ कुनै किसिमको सहयोंग नगरी कर माथि कर थुपार्ने र दैनिकी जीवन , परिवारीक सम्वन्ध ,धार्मिक सम्वन्ध माँ खल्ला पुर्याउने गरिरहेको कार्य तुरन्त रोक्नको लागि सरकार सित आग्रह गरे ।
विरोध प्रदर्शन कार्यमा जनता समाजवादी पार्टीका नेता श्याम विहारी यादव , नेपाल नागरिक समाजका अध्यक्ष जग्गनाथ केसरी , विद्यार्थी नेता प्रकाश भाई मधेशिया , ललन यादव ,लगायत सयौको संख्यामा स्थानियहरु प्रधानमंत्रीको विरुद्धमाँ चर्को नारावाजी गर्दै बन्द रहेको सिमा नाका खोल्नु पर्ने जोड़दार रुपमा मांग गरेका छन ।
भारतमा सस्तो मूल्यमा पाउने अति आवश्यक खाद्यान सामग्री नेपालमा चर्को मूल्य तिरेर खरीद गर्नु पर्ने बाध्यता भएकोले सीमा नाका पर्वको अवसरमा खोल्नु पर्ने स्थानियहरुले मांग गरेका छन ।
कोभीड़ १९ को कारण आर्थिक प्रभावमा परेका सिमावर्ती क्षेत्रका आम नेपाली नागरिक महंगाईको चपेटामा फस्न थालेकोले सीमा नाका खोल्नु पर्ने स्थानीयको भनाइ रहेको छ ।
भारत नेपालको सिमा सुरक्षाको लागि खटिएका भारतीय सुरक्षाकर्मीहरुले नेपाली नागरिकलाइ भारतमा प्रवेश गर्न गरेको सहयोगको कारण नेपाली नागरिकहरु चोर बाटोको सहायता लिएर दैनिक उपभोग्यका सामान देखि लिएर लगाउने लगा कपड़ा समेत खरीद गरी ल्याउने गरेको देखिएको छ । नेपाली सीमामा खटिएका शसस्त्र प्रहरी , नेपाल प्रहरीका जवानले आफ्नो प्रयोगको लागि सामान खरीद गरी ल्याउँदा समस्या गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।