रौतहट ।। गौर नगरपालिकाका दुर दराज वाडका नागरिकहरुले सधारण रुघा खोखि जस्ता रोगको उपचारको लागि जिल्ला अस्पताल गौरकै भर पर्नु पर्ने बाध्यताबाट छुटकारा पाएको नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
आज वार्ड नं। ४ को स्वास्थ्य सेवा केन्द्रको उघाटन गर्नुहुदै नगरप्रमुख गुप्ताले, स्वास्थ्य शिक्षा नागरिकको संवेदनसील विषय रहेकोले आफु पहिलो प्राथमीक्तामा राखेकोले नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउन सफल हुदै गएको बताए ।
गौर नगरपालिकाको ६ ओटा वार्डमा एक वर्ष भित्र स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण संगै सेवा शुरु भएपछि आम नागरिकमा उत्साह बढेको छ । संघियता र जनप्रतिनिधिको उपस्थिताले स्वास्थ्य जस्ता संवेदनसिल विषयलाई प्राथमीक्तामा राखि स्वास्थ्य सेवाको विस्तार गर्नु र सेवा सहजरुपमा उपलब्ध गराउनु अतिनै सराहनीय रहेको स्थानिय उमेश कुमारले बताएका छन् ।
गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले नगर क्षेत्रको वार्ड नं। १,२,४,५,७ र ८ मा वितेको २०७६ माघ महिनामा सिलान्यास गरिएको स्वास्थ्य सेवा केन्द्रका भवन एक वर्ष नवितदै निर्णम कार्य सम्पन्न भई ५ ओटा केन्द्रबाट नागरिकलाई सेवा समेत उपलब्ध गराई रहेको स्वास्थ्य संयोजक दिनबन्धु यादवले बताए ।
वार्ड नं। ४ मा नवनिर्मित स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन संग ५ ओटा सेवा केन्द्र सुचारु भई सेवा शुरु गरिएको र बाँकी वार्ड नं। २ को भवन निर्माण कार्य सम्पन्न भई सकेकोले छिटै त्यस्को उदघाटन भई सेवा सुचारु हुने नगरपालिकाका योजना प्रमुख जितेन्द्र भारतीले जानकारी दिएका छन्