१९ चैत्र जनगणना कार्यालय रौतहटको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय सचेतना गोष्ठी विहिवार जिल्ला समन्वय समितिको सभाहल गौरमा समपन्न भएको छ ।
मेरो गणना ,मेरो सहभागित भन्ने मूल नाराका साथ हुन् गइरहेको नेपालको १२ औ तथा संघीय समरचनाको पहिलो राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त जानकारी र तयारी कार्य बारे जानकारी गराउने उदेश्यले आयोजना गरिएको सचेतना गोष्ठीमा जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादवले संघीय संरचनाको पहिलो जनगणनालाइ सफल बनाउन सवै सरोकारबालालाइ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विकासको लागि जनगणना महत्वपूर्ण रहेकोले उत्सवको रुपमा लिनु पर्ने धर्ना राखेका छन् ।
तथ्यांकको आधारमा नै मुलुकको विकास हुने भएकोले राष्ट्रिय जनगणना २०७८ नेपाली जनताको लागि उपयोगी र सहभागिता जनाउने अवसरको रुपमा रहेको जिकिर गरे ।
संघीय संरचनाको पहिलो जनगणना हुन् गइरहेकोले आफ्नो भाषा ,धर्म ,लिङ्ग , जातिको सत्य विवरण लेखाउन आग्रह गर्दै यस अभियानमा सवैले लाग्नु पर्ने अपिल गरे ।
पारिवारिक र सामुदायिक विवरणको आधारमा जनगणना गरिने भएकोले घर घरमा पुग्ने गणकलाइ सोधिएको प्रश्नको निर्धक रुपमा जवाव दिदै विवरण लेखाउन सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारी यादवले रौतहटको ५ स्थानीय तहमा स्थानीय जनगणना सहजीकरण संयन्त्रको स्थापना गरिने जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गौर , गरुडा , चन्द्रनिगाहपुर , कटहरिया र बौधीमाइ नगरपालिकाका इनरवारीमा स्थानीय स्तरीय जनगणना सहजीकरण कार्यालय स्थापना गरिनेछन ।
गौरमा स्थापना हुने संयन्त्रले गौर नगरपालिका। राजदेवी नगरपालिका , इशनाथ नगरपालिका , दुर्गा भगवती गाउपालिका र यमुनामाइ गाउपालिकाको गणना गरिने कार्यको निगरानी गरिने छन् ।
गरुडाले गरुडा नगरपालिका , गढि़माइ नगरपालिका , माधव नारायण नगरपालिका , चन्द्रनिगाहपुरमा स्थापना गरिने संयन्त्रले चन्द्रपुर नगरपालिका , गुजारा नगरपालिका , वृन्दावन नगरपालिका , कटहरिया ले कटहरिया नगरपालिका ,फतुवा विजयपुर नगरपालिका , देवाही गोनाही नगरपालिका तथा बौधीमाइ नगरपालिकाको इनरवारीमा स्थापना गरिने स्थानीय जनगणना कार्यालयले बौधीमाइ नगरपालिका ,मौलापुर नगरपालिका ,परोहा नगरपालिका र राजपुर नगरपालिकाको तथ्यांक संकलन कार्य गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
विकास निर्माणको कार्यका लागि तथ्यांक आवशयक भएकोले सहि विवरण दिएमा नेपालमा गठन गरिएका महिला आयोग , मुस्लिम आयोग , मधेशी आयोग , दलित आयोग , थारु , जनजाती लगायतका आयोगलाइ यकिन तथ्यांक उपलव्ध हुन् सक्ने उल्लेख गरे । नेपालमा ५१ प्रतिशत बसोवास गर्ने समुदायको तथ्यांक अभिलेखीकरण गर्न हुन् लागेको जनगणनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाको रहेको छ ।
जनगणनाले नेपालको भौलिक ,भूगोल , जनसंख्या वृद्धि दर , मातृभाषा , शिक्षाको अवस्था , रोजगारीको अवस्था ,बेरोजगारीको अवस्था , घरपरिवारको बनोट , समुदायको बसोवास , जातजातिको विबरण , धर्म , लिङ्ग , मृत्यु दरको जानकारी लिन सहयोग पुग्ने उहाको भनाइ रहेको छ । बैशाख २६ गते देखि पहिलो चरण तथा जेष्ठ २५ गते देखि अषाढ ८ सम्म दोस्रो चरणको विवरण संकलन गरिने छन् ।
कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले २०६८ सालको राष्ट्रिय जनगणनामा भएको त्रुटी सुधार गर्नु पर्ने मौका रहेकोले राष्ट्रिय जनगणना २०७८ लाइ उत्सवको रुपमा लिनु पर्ने बताएका छन् ।
मधेशी , आदिवासी , जनजाती , थारु , मुस्लिम , महिला , अपांग ,दलित , पिछडीएका वर्ग समुदाय ,लिङ्ग ,धर्म ,का व्यक्तिको आफ्नो पहिचान राष्ट्रिय रुपमा स्थापित गर्न सुनौलो मौकाको रुपमा रहेकोले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले पूर्ण रुपमा सहयोग गर्नु पर्ने आव्हान गरे ।
नगर प्रमुख गुप्ताले वास्तविकता जनसंख्या आएमा स्थानीय तहलाइ वितिय समानीकरणको रकममा वृद्धि हुने भएकोले घर घरमा गएर पारिवारिक विवरण उल्लेख गराउने कार्यमा सकारात्मक भूमिका निर्वाह गर्न जिम्मेवार व्यक्तिहरुलाई अपिल गरे ।
सचेतना गोष्ठीमा जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असिस यादव ,राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंह , माधव नारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादव , राजपुर नगरपालिकाका नगर प्रमुख मोहमद शेख सकिल अख्तर , मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह , गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर , यमुनामाइ गाउपालिकाका उपाध्यक्ष गिता देवी साह , नेकपा एमालेका जिल्ला अध्यक्ष कमल यादव , जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि , संचारकर्मीहरुको सहभागिता रहेको जिल्ला जनगणना कार्यालयका प्रमुख देव नाथ यादवले जानकारी गरेका छन् ।