१३ बैशाख
रौतहट जिल्लामा संचालन रहेका शैक्षिक सस्थाहरुलाई भौतिक रुपमा उपस्थति नगराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
विश्वभरि महामारीको रुपमा फैलिएका कोरोना भाइरसको दोस्रो लहर अति नै जोखिम पूर्ण भएकोले जिल्लाका सवै विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थति नगराउन जिल्लाका सवै स्थानीय पालिका प्रमुख सित आग्रह गरिएको हो ।
बैशाख १२ गते मा भएको केन्द्रिय कोरोना संकट व्यवस्थापन समितिको देशभरीको विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थति नभई भर्चुअल र बैकल्पिक मध्यमबाट मात्र पठन पाठन जारी राख्ने र भौतिक उपस्थातिमा हुने पुर्व निर्धारित सवै प्रकारका परिक्षाहरु स्थगन गरि निर्देशन अनुसारको व्यवस्था मिलाउन अपिल गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गर्नु भएको सुचनामा उल्लेख गरिएको छ ।
विगत केहि दिन देखि भारत लगायत अन्य मुलुकहरुमा कोभिड १९को संक्रमण तिब्र रुपमा फैलिदै गएकोले बालबालिकाहरुलाई प्रकोपबाट बचाउनको लागि विद्यालयहरुमा भौतिक उपस्थतिमा प्रतिबन्ध लगाउने र बैकल्पिक उपाए अपनाउन नेपाल सरकारले कदम चालेको छ ।
बैशाखको पहिलो हप्ता देखि रौतहटमा कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएकोले सुरक्षित रहन स्थानीय प्रसाशनले समेत आग्रह गरेको छ । विकसित मुलुकहरुको अवस्था भयाभह हुदै गएको अवस्थामा अविकसित मुलुकको अवस्था जटिल हुन सक्ने अनुमान गरिएकोले जीवन जोगाउन नियमित रुपमा मास्कको प्रयोग , विना काम घर बाहिर जाने कार्य बन्द गर्न , साबुन पानीले नियमित हात धुने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन उपयुक्त रहेको प्रमुख जिल्ला अधिकारी यादवको भनाई रहेको छ ।
बजाजको पल्सर खरिद गर्दा जिते