३१ बैशाख
रौतहट जिल्लामा जारी रहेको निशेधाज्ञा जेष्ठ ७ गते सम्म लाइ निरन्तरता दिइएको छ ।
विश्वभरि महामारीको रुप लिएर फैलिएको कोभिद १९ को संक्रमण जिल्ला भरिमा तिब्र रुपमा बढ्दै गइरहेकोले संक्रमणको जोखिम नियन्त्रण गर्नको लागि बैशाख २४ गते देखि ३१ गते राति १२ बजे सम्मको लागि जारी गरिएको निशेधाज्ञाको आदेश बैशाख ३१ गते राति १२ बजे देखि जेष्ठ ७ गते राति १२ बजे सम्मको लागि थप गरिएको हो । पहिलो चरणको निशेधाज्ञामा खुल्ला गरिएको पसलहरु दोस्रो चरणको निशेधाज्ञामा कडाइ गरिएको छ ।
जिल्लामा संक्रमण र मृत्युको दर बढ्दै गएकोले दोस्रो चरणमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ । भौतिकरुपमा सामाजिक दुरी कायम गर्नु पर्नेमा सोको अवस्था वर्तमान रुपमा नदिएकोले सामाजिक दुरी र स्वास्थ्यको मापदण्डको पालना गराउनु मुख्य उदेश्यले निशेधाज्ञा जारी गरिएको छ ।
निशेधाज्ञा अवधिभरीमा जिल्लामा अति आवश्यक सेवा एम्बुलेन्स , दुधको गाडी , विधुत , खाद्यान्न सामग्री ,तरकारी ,खानेपानी ,फलफुल , दुरसंचार , कुखुराको दाना , पशुपंक्षी पदार्थ , इन्धन , खान पकाउने ग्यास , फोहर मैला व्यवस्थापन , प्रिन्ट तथा सरकारी छापाखाना लगायत का ढुवानी तथा यातायातका सवारी साधन चल्ने जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
निर्माण सामग्री ढुवानी गर्न राती ८ बजे देखि विहान ७ बजे सम्म समय सिमा निर्धारण गरिएको छ । बैबाहिक कार्यक्रमको लागि १५ जना जन्ती र २ वटा गाडीलाइ छुट दिइएको छ ।
निशेधाज्ञाको अवधिमा सार्वजनिक यातायात र निजि सवारी चार पांग्रे ,दुइ पांग्रे माथि रोक लगाईएको छ । औषधि तथा पेट्रोल पम्प , उद्योग कलकारखाना २४ औ घण्टा संचालन गर्न पाइने व्यवस्था गरिएको छ भने बैक तथा वितिय सस्थाको हकमा २० प्रतिशत जनशक्ति प्रयोग गरेर हप्ताको २ दिन आइतवार र बुधवार सेवा प्रवाह गर्ने तोकिएको छ ।
खाध्य सामग्री , किराना पसल ,फलफुल , तरकारीका पसलहरुलाइ हप्ताको २ दिन सोमबार र विहिवार संचालन गर्न पाउने व्यवस्था गरिएको जिल्ला प्रसाशन कार्यालय रौतहटबाट जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।
पत्रकार तथा संचारकर्मीको हकमा सुचना विभागको प्रेस पासको आधारमा आवतजावतमा सहजीकरण गरिने तथा सुचना विभागको कार्ड नभएकाहरुको हकमा सम्वन्धित संचार गृहहरुले पास जारि गरि न्युनतम कर्मचारी खटाउने र सोको विवरण जिल्ला प्रसाशन कार्यालयमा पठाउने नीति लिइएको छ ।
जारी गरिएको निशेधाज्ञा उलंघन गर्नेलाई संक्रमण रोग ऐन २०२० अन्तर्गत कानुनी कार्यवाही गरिने चेतावनी समेत दिइएको छ । रौतहट मा दिन प्रति दिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गई रहेको अवस्था रहेकोछ । शुक्रवार जिल्ला अस्पतालमा गरिएको १४० जनाको स्वाव परिक्षणमा ४३ जना नया संक्रमित थपिएको छ भने पछिलो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट आज सम्म ७३ जना निको भएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ६३९ पुगेको छ भने ३६ जनाको मृत्यु भै सकेको छ । होम आइसुलेशनमा ५१९ जना साधारण उपचारमा २२ जना र जिल्ला बाहिर ४ जना उपचारमा रहेको छ । जिल्ला प्रसाशन कार्यालयले जारि गरेको विवरण अनुसार सक्रिय संक्रमित ५४५ रहेको छ जसमा सवै भन्दा बढी गौर नगरपालिकामा १०४ जना रहेको छ ।
चंद्रपुर नगरपालिकामा ८० जना र गरुडा नगरपालिकामा ३५ जना ,परोहा नगरपालिकामा ४५ , राजदेवी नगरपालिकामा २३ , कटहरिया नगरपालिकामा २३ , गढि़माइ नगरपालिकामा १९ जना , माधव नारायण नगरपालिकामा १९ जना संक्रमित रहेको छ ।