१ जेष्ठ
रौतहटमा जारी गरिएको दोस्रो चरणको निशेधाज्ञाको पहिलो दिन पूर्ण रुपमा असर परेको छ ।
दिन प्रति दिन बढ्दै गई रहेको कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण गर्नकोलाइ जिल्ला प्रसाशन कार्यालयले जारी गरेको निशेधाज्ञाको प्रभाव शहर देखि गाउमा परेको हो । पहिलो पटकको निशेधाज्ञामा आवागमन खुकुलो गरी पनि दोस्रो चरणको निशेधाज्ञामा पूर्ण रुपमा प्रतिवन्ध लगाइएको कारण स्थानीयहरू घर भन्दा बाहिर निस्कन नपाएकोले बजार सुनसान देखिएको छ ।
गौर बजारमा दैनिक चहलपहल हुने भएपनि शनिवार दिन भरि बजार सुनसान रहेको थियो । कोरोनाको कहर तिब्र रुपमा बढेकोले स्थानीयहरू आफै त्रसित भएर घर मै सुरक्षित बसेको कारण सडकमा मानिसको आवागमन बन्द रहेको थियो । निशेधाज्ञा जारी रहेकोले पसलहरु पूर्ण रुपमा बन्द गरिएको छ । गौरबाट जाने सार्वजनिक सवारी साधनहरु पूर्ण रुपमा बन्द रहेको छ ।
दैनिक उपभोग्यका बस्तु तरकारी , माछा , दुध घर घरमा घुमाएर विक्री गर्ने गरेको देखिएको छ । होम डिलेबरीको व्यवस्था गर्न पर्ने स्थानीय प्रसाशनले भनेकोले व्यापारीहरु ठेल्ला ,साइकलमा खाध्य सामग्री राखेर घुम्ती पसल संचालन गरेकोले स्थानियहरुले हरियो साग सव्जी सहज रुपमा प्राप्त गर्ने सकेको छ ।

निशेधाज्ञाको कारण शैक्षिक सस्थाहरु समेत बन्द रहेको छ । नेपाल र भारत विचको खुल्ला सिमानामा चोर बाटो भएर भारतमा आउने जाने कार्य भनि पूर्ण रुपमा नियन्त्रण हुन् सकेको छैन ।
लक्ष्मीपुर बेल्विछ्वा , ब्रहमपुरी , गौर नगरपालिका अन्तर्गतको महादेवपट्टी , इशनाथ नगरपालिका अन्तर्गतको औरैया , बन्जरहा , मठिया , नाका भएर प्रहरीको सहयोगमा नै स्थानीयहरु सिमा वारिपारी गर्ने गरेको दिखिएको छ ।
भारतमा कोरोनाको संक्रमण उच्च रहेकोले आवागमनमा प्रतिबन्ध लगाउनु पर्नेमा छुट दिइएकोले रौतहटमा कोरोनाको जोखिम झन् बढ्ने खतरा रहेको छ । स्थानीयका अनुसार औरैया नाका भएर दिनहु सुर्तीको तस्करी हुने गरेको छ । २ बजे राति देखि नै मोटर साइकलमा खैनी ढुवानी हुने गरेको र प्रहरी चौकी औरैयाको इन्चार्जको संलग्नता रहेको स्थानियहरुको भनाइ रहेको छ ।