२ जेष्ठ
रौतहट जिल्लाको इशनाथ नगरपालिकाका नगर प्रमुख शन्तोष मेहताले आफुले प्रयोग गर्दै आइ रहेका सरकारी गाडीलाइ एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नु भएको छ ।
रौतहट जिल्लामा कोरोना भाइरसको दोस्रो चरणको लहरको संक्रमण तिब्र रुपमा बढ्दै गैरहेको बेला आफ्नो नगरपालिका नगरबासीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उदेश्यले प्रयोग गर्दै आइ रहेका ना १ झ १७०६ नम्बरको गाडीलाइ एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।
जिल्लामा दैनिक रुपमा कोभिद १९ को संक्रमित थपिदै जानुको साथै मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणको अवस्था उच्च रहेको बेला सिकिस्त रुपमा विरामी पर्दा उपचारको लागि एम्बुलेन्सको रुपमा नगरपालिकाको गाडी प्रयोग गर्ने घोषणा गर्ने नगर प्रमुख मेहता रौतहटको पहिलो मेयर हुन् ।
गौर देखि १० किलोमिटर पछिम पर्ने उक्त नगरपालिकाबाट सदरमुकाम आउँन लालबकैया नदि जटिल रहेको छ । नदिमा निर्माणाधीन अवस्थामा रहेको पुल समयमा निर्माण हुन् नसक्दा स्थानीयहरुलाई आउँन जान गार्हो समेत भैरहेको छ ।
लालबकैया नदिको कारण गौर आउँन लामो दुरी तय गर्नु पर्ने बाध्यता रहेको छ । तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले शिलान्यास गरेको सो पुलको ठेक्का पपु कन्स्ट्रक्सनले लिएपनि अहिले सम्म निर्माण गर्न नसकेको कारण स्थानीयहरुलाई सास्ती भोग्नु परिरहेको छ । नेपाल सरकारले सो पुलको निर्माणको समय मै सम्पन्न गराउन चासो नदेखेकोले पुल निर्माणको कार्य अधुरो अवस्थामा रहेको छ ।
तिब्र रुपमा बढ्दै गैरहेको कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्नको लागि नगरपालिकाबाट सक्रिय भूमिका निर्वाह गरिरहेको मेयर मेहताले दावी गरेका छन् । आफ्नो नगरपालिकाको जनताको सुरक्षा उपचारको लागि घर घरमा पुग्ने गरि स्वास्थ्यकर्मीहरुको टिम परिचालन गरेको मेयर मेहताले जनाएको छ ।
नगरपालिकाले अक्सिजन सहितको सघन उपचार कक्षको व्यवस्था समेत गरेको मेयर मेहताले जनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुलाई आसुलेसनमा उपचार गर्ने व्यवस्था गरिएको र प्रत्येक घर घरमा स्वास्थ्य परिक्षणको लागि रेपिड रिस्पोन्स टीम गठन गरि परिचालन गरिएको नगर प्रमुख मेहताको भनाइ रहेको छ ।
नगरपालिकाको जनताको स्वास्थ्य प्रति गम्भीर भएर आफ्नो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भनि घोषणा गरेको नगर प्रमुख शन्तोष मेहताको कार्य सराहनीय भएको नेकपाका नगर अध्यक्ष मोहन मेहताले बताउनु भएको छ । उहाले मेयर मेहताको कार्यको सराहना गरेका छन् । नेकपाका नेता किरण साहले नगरबासिको ज्यानको सुरक्षाको निमित गरेको कार्य सराहनीय भएको प्रतिक्रिया दिदै अरु नगरपालिकाका मेयरहरुले अनुसरण गर्नु पर्ने बताएका छन् ।
रौतहट जिल्लामा कोरोन भाइरसको संक्रमणको कारण ५१ जनाले ज्यान गुमाई सकेका छन् भने संक्रमितको संख्या ७५१ पुगेको छ । संक्रमणबाट ७५ जना निको भएको छ भने सक्रिय संक्रमित ६४६ जना रहेको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ ।