१६ जेष्ठ
रौतहट जिल्लामा कोरोनाको दोस्रो लहर तिब्र रुपमा बढिरहेको बेला संक्रमणको जोखिम नियन्त्रण गर्ने उदेश्यले रौतहट जिल्लाको इशनाथ नगरपालिकाले आफ्नो नगरको सर्व साधारणको स्वास्थ्य सुरक्षाको लागि घर घरमा निशुल्क स्वास्थ्य सेवा पुर्याउने कार्य शुरु गरेको छ ।
रौतहटको सदरमुकाम गौर देखि करिव १० किलो मिटर पछिममा रहेका उक्त नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले नगरबासीलाइ कोरोना को घातक संक्रमणको न्यूनीकरण गर्न रेपिड रिस्पोन्स टिम द्रुत प्रतिक्रिया टिम संचालन गरेर संक्रमितहरुको घर घरमा स्वास्थ्य सेवा पुर्याई रहेका छन् ।
मानिसको जीवन माथि महामारीको रुपमा आक्रमण गर्न थालेका प्राणघातक सरुवा रोगबाट नगरको विभिन्न क्षेत्रका जनतालाइ ज्यान जोगाउनु चुनौती भएको मेयर मेहताले बताएका छन् । शिक्षा ,स्वास्थ्य र रोजगारीको क्षेत्रमा पछि परेका इशनाथ नगरपालिका बाढीको डुवानको उच्च जोखिममा समेत रहेका छन ।
पुर्वमा लालबकैया नदि तथा दक्षिणमा भारत सरकारको बाँधको कारण बर्सेनि रुपमा डुवानको चपेटामा पर्ने गरेको उक्त नगरपालिकाको जनताको स्वास्थ्य राख्ने प्रतम कर्तव्य भएको उल्लेख गर्दै मेयर मेहताले नगर क्षेत्र भित्रका आम नागरिकलाइ कोरोना भाइरस संक्रमणबाट जोगाउन मुख्य दायित्व भएको मेयर मेहताले बताए ।
चिसो मौसमबाट गर्मि मौसम आउदा रुघा खोकी ,ज्वरो , सर्दी लाग्ने गरेको बताए । विश्व कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएको बेला आफ्नो व्यक्तिगत सुरक्षा प्रति सजग हुन् आम नेपाली नागरिक सित आग्रह गरेका छन् । कोरोनाबाट संक्रमित भएकाहरुलाई नगरपालिकाबाट आवस्यक स्वास्थ्य सुरक्षा सामग्री ,औषधि उपलव्ध गराउने गरेको मेयर मेहताको भनाइ रहेको छ ।
कोरोनाको लक्षण देखिएका तथा ज्वरो आएका व्यक्तिको परिक्षण , औषधि निशुल्क प्रदान गर्ने गरिएको मेयर मेहताले बताए । कोरोनाको जोखिम न्यूनीकरण गर्नको लागि स्थानीय प्रसाशनले निशेधाज्ञा जारी गरे पनि सामाजिक दुरी कायम गर्दै विकास निर्माणका कार्यलाइ निरन्तरता दिइएको मेयर मेहताले दावी गरेका छन् ।
नेकपा इशनाथ नगरपालिकाका अध्यक्ष बब्लु भनिने मोहन मेहताले नगरप्रमुखको कार्य जनमुखी भएको बताएका छन् । महामारीको बेला मा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गराउन स्वास्थ्य सामग्री वितरण गर्ने कार्य नगरपालिकाबाट भएको बताए ।
नगरपालिका भित्रका आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै नगरपालिकाले गरेको कार्य सराहनीय भएको भन्दै आभार व्यक्त गर्दै यस्तै कार्य गर्दै अघि बढ्न सुझाव पनि दिएका छन् ।
पछिलो केहि समय देखि राजनीतिक गतिविधिको कारण सड्यन्त्र पुर्व नगरपालिकाको बदनाम गर्ने भएको कार्य प्रति दुख व्यक्त गर्दै नगरपालिकाले गरेको राम्रो कार्यको बारेमा प्रचार प्रसार गर्नु पर्ने धारणा व्यक्त गरे ।