रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाका निमित प्रमुख प्रसशाकीय अधिकृतलाइ नगर उपप्रमुख अंशु सिंहले कार्यकक्ष मै थुनेका छन् ।
नगर सभाको निर्णयको प्रतिलिपि माग गर्दै आएका उपप्रमुख सिंहले कागज पत्र उपलव्ध नगराएको भन्दै आफ्नै कार्यकक्षमा बसेका निमित प्रमुख प्रसशाकीय अधिकृत सुबोध साहलाइ धोक्का बन्द गरि आधा घण्टा थुनेका हुन् ।
गएको अषाढ ९ गतेका दिन भएको नगरपालिकाको नगर अधिबेशनको बैठकमा भएको निर्णय , नगर अधिबेसन हुनु भन्दा पुर्व भएको निर्णय हरुको प्रतिलिपि लिखित रुपमा माग आज भोलि गर्दै नदिने भने पछि कोठामा थुनिएको उपमेयर सिंहले बताएकी छिन ।
अषाढ १८ गतेमा लिखित रुपमा निर्णय पुस्तिकाको प्रतिलिपि उपलव्ध गराउनलाइ नगर प्रमुख धिरेन्द्र कुमार सिंहबाट तोक लगाएर विधिवत रुपमा दर्ता गराएर निबेदन दिइएको भएपनि हाल सम्म माग गरिएको कागजात नदिएको उपमेयर सिंहको दावी रहेको छ ।
१८ गते निवेदन दिएपछि २२ गते कागजात उपलव्ध गराइदिने बाचा निमित प्रमुख प्रशासकीय अधिकृत साहले दिएको बताउदै २२ गते सोध्दा ५ गते दिने भनेको थियो उनले भने दिएको समयमा माग गर्दा नगर सभाका सदस्यहरुको हस्ताक्षर हुन् बाकि रहेकोले नदिने भनेको बताए ।
कागज पत्र लिखित रुपमा माग गर्दा पनि दिन इन्कार गरेपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ फोनबाट जानकारी गरेको बताए । प्रमुख जिल्ला अधिकारीले फोन गर्दा पनि अटेर गरेकोले कोठामा थुन्नु परेको बताए ।
पाचौ नगर सभा गर्नु भन्दा पुर्व नगर उपप्रमुखको संयोजकत्वमा भएको समितिहरुको बैठक बस्नु पर्ने संवैधानिक व्यवस्था रहेपनि नगर प्रमुखको दवावमा विना कुनै समितिको निर्णयको नगर सभाको बैठक गरिएको उपमेयर सिंहको आरोप रहेको छ ।
नगरपालिकाले गएको आर्थिक बर्षमा गरेको खर्चको हिसाव किताव समेत सार्वजनिक गर्नु पर्ने अडान उपमेयरको रहेको हुदा मेयर सिंहले केहि आफ्नो समर्थकका निर्वाचित जनप्रतिनिधिलाइ बोलाएर बन्द कोठामा नगर सभा गरेको उनले बताए । बैठकमा उपमेयरलाइ सहभागी गरिएको थिएन ! नगरपालिकाको कर्मचारी समेतलाइ बाहिर राखेर २४ जनाको सहभागितामा नगर सभाको बैठक सम्पन्न गरेको थियो ।
आर्थिक वर्षको अन्तिम महिनामा मन्त्रालयले सिनियर अधिकृत रमाकान्त यादवलाइ निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिए पछि तत्कालिन जिम्मेवारी सम्हाल्दै आएका साहले आफु नै अधिकारिक भएको भन्दै गौरमा बसेर नै चेक काट्ने गरेको थियो ।
लेखापाल नागेन्द्र साह , तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुबोध साह मिलेर गौर नगरपालिका वडा नम्बर ३ स्थित प्रभात चौकमा रहेका डेरामा बसेर भुक्तानी गरेको छ । कमिसन दिनेको धमाधम भुक्तानी गरेका द्वय साहले मोटो रकम नदिनेको रकम भुक्तानी गरेको छैन ।
शिक्षाको २ करोड रकम फ्रिज गराएको नगरपालिकाले सामाजिक विकासको रकम भने आफ्नो नजिकका व्यक्तिको सस्थाको नाउमा भुक्तानी गर्न पछि हटेका छैन ।
शिक्षाको २ करोड रकम फ्रिज भएको निमित प्रमुख प्रशासकीय अधिकृत साहले बताएका छन् । पुजीगत तर्फ ५३ प्रतिशत रकम खर्च भएको समेत जानकारी दिएका साहले उपप्रमुख सिंहले कोठामा थुनेको समेत स्वीकार गरेका हुन् ।