१३ अषाढ
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ मा निर्माण भएको तिन वटा भवनको बुधवार उदघाटन भएको छ ।
गौर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको आधारभूत स्वास्थ्य केन्द्र , २ नम्बर वडा कार्यालय र प्रहरी चौकीको नव निर्मित भवनको नगर प्रमुख अजय कुमार गुप्ता , प्रदेश प्रहरी प्रमुख डी आइ जी उमेश रंजितकारले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रममा प्रमुख आतिथिको आसनबाट सम्वोधन गर्दै मेयर गुप्ताले आफैले शिलान्यास गरेको भवनको आफ्नै पालामा उदघाटन गर्न मौका पाउदा हर्षित भएको बताएका छन् । गौर नगरपालिकाको वडा नम्बर २ मा सवै भन्दा बढी विकास भएको दावी गर्दै मेयर गुप्ताले नगरवासी को सहयोग र साथका कारण विकास निर्माणका कार्य सम्पान भएको बताए ।
समन्वय सहकार्य र सहयोगबाट भौतिक पुर्बाधारको विकास सम्भव हुने जिकिर गर्दै मेयर गुप्ताले नगरपालिकामा अझै विकास गर्ने लक्ष्य भएको जनाए । स्थानीयहरुको सहयोग यस्तै रह्यो भने विकास निर्माणका कार्य थपिने उनले भने सहयोग गर्नु विकास गर्न तयार छौ ।
वडा अध्यक्ष राकेश झा को विकास प्रतिको लगन तथा वडा बासिहरुको सहयोगले बाबा बालेश्वर नाथको मन्दिरमा छठ घाट निर्माण , दुर्गा मन्दिर निर्माण , दलित छात्रा बासको निर्माण , जुद्ध माध्यमिक विद्यालयमा २० कोठाको भवन निर्माण , वडा कार्यालय , आधारभूत स्वास्थ्य केन्द्र र प्रहरी चौकी को न्या भवनको निर्माण कार्य समयमा सम्पन्न भएको बताए ।

वडाका जनताको लागि विबाह भवन , बालेश्वर नाथ मन्दिरको सौन्दर्यकरण , लगायतका कार्य गर्ने समेत प्रतिवद्धता जनाए । रामजानकी मन्दिर व्यवस्थापन समितिले उपलव्ध गरेको जग्गामा उक्त संरचना निर्माण गरिएको हो ।
६० लाखको लागतमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ ! मन्दिर मा बसेर शान्ति सुरक्षाका लागि खटिदै आएका प्रहरी , र भाडाको घरमा संचालन हुदै आएका वडा कार्यालय अव आफ्नै भवनमा संचालन हुने भएकोले स्थानियहरुलाई सेवा पाउन सहज हुने विश्वास व्यक्त गरे ।
नगर प्रमुख गुप्ताले रौतहट जिल्लामा प्रहरी उपरीक्षक भै कार्य गरेका रंजितकार डीआइजी बनेर रौतहट आइपुग्नु भएकोमा खुशी भएको भन्दै बधाई समेत दिए । जिल्लाको शान्ति सुरक्षा कायम गर्नमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह , सशस्त्र प्रहरी उपरीक्षक सुर्य सेन ओली सराहनीय कार्य गर्दै आएको जिकिर गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवले ४ वर्षको समयमा शिलान्यास गरि उदघाटन गर्न समेत मौका पाउने जनप्रतिनिधि भाग्यमानी नै भएको बताएका छन् । अधिकांश योजना शिलन्यास भएपछी अधुरै हुने भएकोले समयमा भवनको उदघाटन गर्ने मौका पाउनु नै भाग्यको कुरो भएको जिकिर गरे ।
वडा अध्यक्ष झा को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख किरण ठाकुर , प्रदेश प्रहरी प्रमुख डीआइजी रंजितकार , लगायतका जिल्लाका सुरक्षक्ष निकायका प्रमुख , निर्वाचित जनप्रतिनिधि , स्थानीयबासीहरु सहभागी भएका थिए ।