१७ असोज
रौतहट जिल्लामा साइकल वितरण कार्यक्रममा मन्त्रि ,प्रदेश सांसदलाइ सहभागी गराउदा सामुदायिक विद्यालय अनावश्यक रुपमा आर्थिक भार परिरहेको छ ।
प्रदेशको शिक्षामा छात्राहरुको अवस्था बलियो पुर्याउने उदेश्यले प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाऊ अभियान संचालनमा ल्याएको हो । विद्यालयमा माध्यमिक तहमा अध्यन गर्ने छात्रालाइ लक्षित गरि ल्याएको कार्यक्रम प्रभावकारी भएपनि कार्यक्रमको नाउमा सामुदायिक विद्यालयको आर्थिक क्षति भै रहेको छ ।
साइकलको लागि सिफारिश गरेको कारण राज्यमन्त्री ,प्रदेश सभा सदस्यलाइ प्रमुख आतिथि बनाउनु परेको विद्यालयका प्रध्यानाध्यापकहरुले बताएका छन् । प्रदेश सरकारले ८ जिल्लामा भएका सवै सामुदायिक विद्यालयमा अध्यन गर्ने छात्रालाइ साइकल उपलव्ध गराउनु पर्ने भएपनि सिफारिशको आधारमा साइकल उपलव्ध गराउनु राजनीतिक रुपमा लाभ लिने उदेश्य भएको स्थानीयहरुको टिप्पणी रहेको छ ।
विद्यालयका प्रध्यनाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट साइकल वितरण गराउनु पर्नेमा नेतालाइ बोलाएर कार्यक्रम गरि साइकल वितरण गर्नु अशोभनीय कार्य भएको जानकारहरुको तर्क रहेको छ ।
एउटा विद्यालयमा टेन्ट , खाजा , माला , चियामा गरिने खर्चबाट थप ४ जनालाइ साइकल दिन सकिने छन् । २० हजार सम्म खर्च गरिने विद्यालयले सो रकम कुनै बहाना बनाएर विद्यार्थीबाट आपूर्ति गर्न सकिने छ ।
जुद्ध माध्यमिक विद्यालय गौरका प्रध्यानाध्यापक चन्देश्वर राउतले सिफारिश गरेको कारण राज्य मन्त्रि योगेन्द्र यादवलाइ प्रमुख आतिथि बनाउनु परेको बताएका छन् ।
कार्यक्रममा माला , चिया र खाजाको खर्च विद्यालयले बेहोरेको उहाले जनाए । नेता , मन्त्रिको सत्कारमा गरिएको खर्चबाट गरिव असहाय ,दलित ,विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्न सकिए विद्यार्थीलाइ पढाई प्रति आकर्षित हुने थिए ।
प्रदेश सरकारले वितरण गरिरहेको साइकल कुन कम्पनिको हो भने एकिन गर्न सकिने अवस्था नरहेको , १ महिना भित्र टुट्ने ,विग्रिने गरेको विद्यार्थीहरुले गुनासो गरेको छ ।