२० असोज
विगत लामो समय देखि बन्द रहेको गौर बैरगनिया नाका बुधवार देखि पुर्वत रुपमा संचालनमा आएको छ । कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण गर्ने उदेश्यले नेपाल सरकारले गएको २०६७ चैत्र ११ गते देखि बन्द गरेको सिमा नाका खुल्ला गर्ने नेपाल सरकारले एक सत्ता अघि निर्णय गरेको भएपनि भारतीय पक्षको अवरोधको कारण गौर बैरगनिया नाका खुल्न सकेका थिएन ।
भारतीय सिमा सुरक्षाको लागि तैनाथ गरिएका भारतीय सशस्त्र सीमा बलले बुधवार दिउसो १ बजे देखि नाका खुल्ला गरेपछि आवागमन शुचारु भएको हो ।
डेढ वर्ष भन्दा बढी समय देखि बन्द भएको गौर नाका पुर्वत रुपमा सुचारु भएको जिल्ला प्रसाशन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । गौर भन्सारबाट सवारी साधनको आवागमन भएको कुराले दुवै देशका नागरिक हर्षित भएको देखिन्छ ।
सिमा नाका बन्द भएको कारण नेपाल र भारत विच भएको पारिवारिक , धार्मिक , सास्कृतिक सम्वन्ध मा असर परेको थियो । नाका भएर अवागावन बाधित भएको कारण बैवाहिक सम्वन्धमा नकारात्मक असर परेको स्थानीय जितेन्द्र साहले बताएका छन् ।
नेपाल भारत सिमा नाका पुर्वत रुपमा सुचारु भएपछी दुवै देशको नागरिक विचको सम्वन्ध पुनः प्रगाढ हुने उहाको तर्क रहेको छ । नाका सुचारु भए लगतै निजि भारतीय सवारी साधनको राजश्व काटिने कार्य प्रारम्भ भएको गौर भन्सारका कार्यालय प्रमुख सुशील शर्माले बताएका छन् ।
सिमा खुले पछि स्थानियहरुको आवागमनमा भिड देखिएको छ । निजि तथा भाडाका सवारी साधन हरु ओहोर दोहोर गर्न थाले पछि घरायसी समान खरिद गर्न भारतको बैरगनिया बजार जान आउँनमा सहजता भएको स्थानीयहरुको भनाइ रहेको छ ।
कोरोना भाइरसको न्या भेरिएन्टको संक्रमणको जोखिम कायमै रहेकोले नेपाल भारत सीमामा हेल्प डेस्कको समेत स्थानीय तहबाट स्थापना गरिएको गौर नगर पालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।
नेपालबाट भारत जाने र भारतबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाइ कोरोना भैरसको संक्रमण परिक्षण गर्ने कार्यकोलाइ स्वास्थ्यकर्मी सहितको हेल्प डेस्कको स्थापना गरिएको हो । गौर नाका सुचारु भए पछि गौरका व्यवसायीहरु हर्षित भएको छ ।
व्यापारमा वृद्धि हुने भएकोले कपडा व्यवसायी , होटेल व्यवसायीहरु व्यापार फस्टयाउने विश्वास लिएको छ । सिमा नाका अवरोध भएको कारण व्यापारी ,व्यवसायीहरुलाई ठुलो आर्थिक नोक्सान बेहोर्नु परेको थियो ।