२० असोज
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जिल्ला प्रशासन कार्यालयबाट प्रबाह हुने सेवाको लागि आवश्यक पर्ने कागजात मिलान गर्ने तर्फ सेवाग्राहीले ध्यान दिनु पर्ने बताएका छन् ।
कागजपत्र पुरा भएको सेवा छिटै प्रदान हुने र अधुरो रहेको सेवा प्रदानमा ढिलाई हुने उहाले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवामा नेपाली नागरिकता प्रमाण पत्र , बैवाहिक अंगिकृत नेपाली नागरिकता , राहदानी , नागरिकताको प्रतिलिपिमा समस्या उत्पन्न हुने गरेको जन गुनासो बढ्दै गएको बेला प्रमुख जिल्ला अधिकारी यादवले सेवाग्राहीहरुलाई चाहिने कागजात खोज्ने तर्फ बढी ध्यान दिनु पर्ने सुझाव समेत दिए ।
प्रमुख जिल्ला अधिकारी यादवले कुनैपनि कामका लागि आवश्यक सम्पूर्ण कागजात सेवाग्राहीले ल्याएमा सेवाग्राहीको चापको अवस्था हेरेर सोही दिनमै काम गर्ने गरेको दावी गरे ।
‘नागरिकता , पासपोर्ट, राष्ट्रिय परिचयपत्र , संस्था दर्ता तथा नविकरण , नाबालक परिचय पत्र लगायत सेवाहरु लिन कानुन बमोजिमको कागजपत्र अनिवार्य हुनैपर्छ’ उनले भने अपुग भएको कागज पत्र ल्याउनका लागि कर्मचारीले भन्छ ।
बंसज नेपाली नागरिकताको आमा बुबाको नागरिकताको प्रतिलिपि , शैक्षिक योग्यताको प्रतिलिपि , वडा कार्यालयको सिफारिश , जन्म दर्ता प्रमाण पत्र , नबालिक रजिष्टरमा नाम उल्लेख रहेको हुनु पर्ने जरुरि रहेको उहाले बताए !
अनुसूची सहित पेश हुन् आएको कागज पत्र चेक जाच गर्दा मिलेको भए सोहि दिन नागरिकता दिने गरेको बताउदै अधुरो कागज पत्र भएको अवस्थामा मात्र सेवा प्रवाहमा ढिलाई हुने गरेको जनाए ।
विचौलियाको मध्यम बाट गएमा काम छिटै हुने धारणा पहिला देखि सेवाग्राहीहरुमा देखिएको हुदा यस्तो भावना त्याग गरेर कागज पत्र जुटाउने तर्फ ध्यान केन्द्रित गर्न सुझाव दिए । उनले भने विचौलिया खोज्ने बानि त्याग गरि प्रक्रिया र कागजात मिलान गर्ने तर्फ लाग्नु । कागजात नभएको खण्डमा कुनै पनि हालतमा समयमा कम नहुने बताए ।
दलालको चक्करमा परे ठगिने बढी सम्भावना भएकोले कसैले छिटो काम गराई दिन्छु भन्दा त्यसको बारेमा जानकारी गराउन प्रमुख जिल्ला अधिकारी यादवले सवैलाइ आग्रह गरेका छन् ।
सेवाग्राहीलाई सेवा लिन थप सहज होस् भनेर चाँडै कार्यालयमा ‘हेल्प डेस्क ’ स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिदैँ उनले कार्यालयको सेवा प्रवाहमा कुनै गुनासो भए गुनासो सुन्ने अधिकारी वा सिधैं आफुलाई भेट्न सेवाग्राहीलाई अनुरोध गरे ।
कार्यालय रौतहटमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या भइरहेको सो कार्यालयले जनाएको छ । सो कार्यालयमा १० जना सुब्बाको दरबन्दी भएपनि हाल जम्मा ३ जना मात्र कार्यरत छन् । त्यसैगरी ३ जना अधिकृतको दरबन्दी रहेको हाल जम्मा एकजना मात्र कार्यालयमा कार्यरत छन् ।
मन्त्रालयले दरबन्दी बमोजिमको कर्मचारी पठाउन चासो नदिने र पठाएका कर्मचारी पनि रौतहट आउन नमान्ने प्रवृतिका कारण सो कार्यालयमा कर्मचारीको अभाव भएको हो । आवश्यकभन्दा कम कर्मचारी भएकाले सेवा प्रवाहमा धेरै समस्या आइरहेको प्रमुख जिल्ला अधिकारीले गुनासो गरे ।
जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको श्रावण र भदौ दुइ महिनामा मात्र ४ हजार ९२२ नयाँ नागरिकता , १ हजार ६५८ नागरिकताको प्रतिलिपि, २ हजार ३१२ राष्ट्रिय परिचय पत्रको विवरण दर्ता , १ हजार ४३६ राहदानीको निवेदन दर्ता , ४ सय ७६ राहदानी विभाग सिफारिस , ५ सय ६७ राहदानी वितरण गरेको कार्यालयका नायव सुब्बा राम नरेश साहले जानकारी दिए । त्यसैगरी असोज महिनाको १९ गते मंगलवार सम्म १ हजार ३७२ नयाँ नागरिकता र ५ सय ७३ नागरिकताको प्रतिलिपि जारी गरिसकेको बताए ।
सिमित श्रोत साधन र कर्मचारीका अभाव रहेको बाबजुद पनि जिल्ला प्रशासन कार्यालयले गएको आर्थिक वर्ष २०७७÷७८ को १२ महिनामा १० हजार ४९६ नयाँ नागरिकता र ५ हजार ४३६ प्रतिलिपि नागरिकता जारी गरेको थियो ।
मुलुकमा संघियता लागु भएपछी गरिएको राज्य पुनर संरचना अन्तर्गत निर्माण भएको तिन तहको सरकार र वर्तमान राजनीतिक उथलपुथलका कारण सरकारी कार्यालयहरुमा कर्मचारीको आपूर्ति असहज भएको छ ।
संघीय सरकारको मातहतमा रहेका कार्यालय देखि प्रदेश सरकारको मातहतमा भएका कार्यालयमा दरवन्दी अनुसारको कर्मचारीको व्यवस्थापन हुन् नसक्दा कामकाजमा असर परि रहेको देखिएकोले सम्वन्धित सरकार , निकायले कर्मचारी आपूर्ति गर्ने तर्फ ध्यान केन्द्रित गर्नु पर्ने जरुरि रहेको