५ कार्तिक
रौतहट जिल्लाको सदरमुकाम गौरमा उज्जयालो गर्ने उदेश्यले जडान गरिएको टावर लाइटको लाइन नेपाल विधुत प्राधिकरण गरु वितरण केन्द्रले शुक्रवार काटेको छ ।
मुख्यमन्त्री उज्ज्यालो अभियान अन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ को क प्रदेश सांसद बाबुलाल साह कानुले आफ्नो कार्यक्रम अन्तर्गत जडान गरेको टावर लाइटको विधुत काटिएको हो ।
कार्यालय प्रमुखहरुको भएको बैठकमा विना मिटरको प्रदेश सरकारको योजना अन्तर्गत जडान गरिएको टावर लाइटको बतीको लाइन काटिनु पर्ने राखेको प्रस्ताव प्रति प्रमुख जिल्ला अधिकारी कृष् बहादुर शाहीले प्राधिकरणले के कसरि गर्नु पर्ने जिम्मेवारी रहेको भनेपछि टावर लाइटको विधुत काटिएको प्राधिकरण कार्यालयका प्रमुख विजय महतोले बताएका छन् ।
विना मिटरको बती जलाउदा विधुत खपत बढी हुने र प्राधिकरणलाइ घाटा हुने भएकोले मिटर जडान गर्नु पर्ने आभास गराउने उदेश्यले विधुतको लाइन काटिएको महतोले बताए ।
गौरमा विपी चौक , अस्पताल गेट , बरवाहा पुल , गौर भन्सार कार्यालय , कृषि विकास बैंक लगायतका विभिन्न ठाउमा टावर लाइट जडान गरिएको छ ।
टावर लाइट जडान भएपछी उज्ज्यालो भएको र सहरको आकर्षण समेत बढेको थियो ! उज्जयालो भएको कारण अपराधिक क्रियाकलापमा कमि आउने स्थानीयहरुको भनाइ रहेको छ ।
अँध्यारोमा अपराधिक कार्य हुने सम्भावना रहेकोले चोरी , लुटपाट जस्ता कार्यमा न्यूनीकरण ल्याउने लक्ष्यको साथ बती लगाइएको भएपनि प्राधिकरणले मिटर जडान गर्नु पर्नेमा गरेको भन्दै लाइन काटिएको प्राधिकरणको भनाइ रहेको छ ।