४ मङ्सिर
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका राष्ट्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बलपुर्वक मधेशी जनताको भावना विपरित पारित गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ संशोसधन नभए सम्म पूर्ण नहुने बताएका छन् । उनले संशोधन विना संविधान अधुरो रहेको दावी गरे ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को कटहरियामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटि रौतहटले आयोजना गरेको विशाल जनसभामा सम्वोधन गर्दै नेपालमा पछि परिएका उत्पीडित जनता , मधेशी ,थारु ,मुस्लिम ,जनजाती ,शोषित बर्गको हक अधिकार संविधानमा पूर्ण रुपमा स्थापित गर्न नसकिएकोले संशोशन गर्नु पर्ने आवशयक रहेको जिकिर गरे ।
माओवादी शोषित ,दमन मा परेका मधेशी जनताको अधिकारको लागि संघर्ष गरिरेको बताउदै संविधान संशोधनको प्रस्ताव आफ्नो नेतृत्वको सरकारमा दर्ता गराउदा संशोधन गर्न नदिने भिलेनको रुपमा एमाले अध्यक्ष ओलीले भूमिका निर्वाह गरेको समेत आरोप लगाए ।
उनले ओली मधेश र मधेशी जनताको विरोधी खलनायक रहेको संज्ञा दिए । रौतहट क्रान्तिकारी वीरहरुको जिल्ला रहेको भन्दै रौतहटको जनताको भावनालाइ अन्तराष्ट्रियकरण गर्ने प्रतिवध्ता जनाउदै प्रचण्डले केहि भगौडा ,फटहा ,दलाल को भाग्दैमा माओवादी कमजोर नहुने ठोकुवा गरे ।
पुर्व प्रतिनिधि सभा सदस्य प्रभु साह प्रति लक्षित गर्दै प्रचन्डले भने यो जिल्ला क्रान्तिकारी वीर हरुको हो भगौडा र दलालको होइन भने आजको उपस्थातिले संदेश दिएको छ । आलुको बोरा बाट एउटा कुहिएको आलु फालेर रौतहटका जनताले यो संदेश दिएको उहाको भनाइ रहेको छ ।
मधेश सित माओवादीको प्रेम रहेको भन्दै केहि व्यक्तिले छरेको भ्रम चिर्नको लागि सिरहाको क्षेत्र नम्बर ५ बाट चुनाव लडेको बताउदै मधेशी जनता सितको प्रचण्डको प्रेम कसैले तोड्न नसकिने दावी गरे ।
माओवादी जनयुद्ध र मधेश आन्दोलन तथा वीरहरुको बलिदानीबाट आएको संघियता , समानुपातिक सहभागिता ,लोकतान्त्रिक गणतन्त्रलाइ समाप्त पर्ने सड्यन्त्र गर्ने केहि विदेशी दलाल , प्रतिक्रियाबादी को सम्पना चुर भएको टिप्पणी गरे ।
पुर्व प्रधानमन्त्री प्रचण्डले संघियता विरुद्ध सड्यन्त्र गर्ने खेलमा सहभागी भएका महन्थ ठाकुर र राजेन्द्र महतो मधेशको नेता कहलाउने अधिकार गुमाएको टिप्पणी गर्दै माओवादीले दलित ,मुस्लिम ,मधेशी ,थारु ,जनजाती , मजदुर किसान,अल्पसंख्यक ,शोषित पिडित समुदायको हक अधिकार संविधानमा स्थापना गराउन नेतृत्व गरिने विश्वास व्यक्त गरे ।
विदेशीको इशारामा प्रतिक्रन्तिबादी , प्रतिक्रिया बादी ,दलाल , तलुवा चाट्नेहरुले माओवादीलाई समाप्त पर्ने उदेश्यले सड्यन्त्र पुर्वक गौर नरसंहार घटना गराएको जिकिर गर्दै त्यस्ता फटहालाइ माओवादीले समाप्त पर्ने चेतावनी दिए ।
प्रदेश २ माओवादीमय हुने दावी गर्दै प्रचण्डले आगामी चुनावबाट माओवादी देशको पहिलो पार्टी हुने ठोकुवा गरे ।