रौतहट २ मङ्सिर
जिल्ला कारागार कार्यालय रौतहटमा बन्दि जीवन विताई रहेका कैदी लडाई साहले आत्महत्या नगरेको भन्दै मृतकका परिवारहरुले घटनाको छानविन गर्नु पर्ने माग गर्दै बिहिवार जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालय घेराउ गरि प्रदर्शन गरेका छ ।
कारागार कार्यालय भित्र रहेको शौचालयमा अपहरण तथा शरीर बन्धक तथा जवार्दस्ती करनी मुद्दामा २१ बर्ष सजाय पाई अढाई बर्ष देखि बन्दि जीवन विताई रहेका २४ वर्षीय साहले घाटीमा गमछाको पासो लगाएर अचेत भएको अवस्थामा उपचारको क्रममा हिजो मृत्यु भएको थियो ।
घटना आत्महत्या नभई हत्या भएको भन्दै पिडित परिवारले छानविन हुनु पर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
मृतकका पिता रामानन्द साहले वुधवार उच्च अदालत विरगंजमा पेशी हुदा मोहल्त लिएको र छोरा सित दिउसो १२ बजे कुरो समेत गरेकोले छोराले आत्महत्या नगरेको दावी गरेका छन् ।
देवाही गोनाही ७ निवासी मृतकका साहका पत्नी सिमा देवीले बन्दि जीवन विताई रहेका लोग्नेको योजना पुर्वक हत्या गरिएकोले सत्य तथ्य छानविन गरि दोषीलाइ कानुनी दयारामा ल्याउन माग समेत गरेका छन् । मृतकका भाई सुरेन्द्र साहले पनि सड्यन्त्र पुर्वक हत्या गरिएको दावी गरेका छन् । आन्दोलनमा सहभागी भएका हरिनारायण साहले घटना स्थल भनिएको शौचालयमा पासो लगाउने अवस्था नभएकोले घाटी थिची हत्या गरि राखिएको बताएका छन् ।
कारागार भित्र रहेका कैदीहरुले हत्या गरेको बताएकोले आत्महत्या नभई हत्या गरिएको आरोप लगाएका छन् । उनले नैकिया बनाईएका २ जना मिलेर नै हत्या गरेको आरोप समेत लगाएको छ ।
कारागार प्रमुख शम्भु यादवले कैदी साहले पारिवारिक तनावको कारण आत्महत्या गरेको बताएको छ । धेरै जना बन्दिहरु भएको ठाउमा दिउसोको समयमा कसैको हत्या गर्न नसकिने भएकोले आत्महत्या गरेको दावी गरे ।
शौचालयको पर्खालमा रहेको प्वालमा गमछा बाधेर साहले आत्महत्या गरेको यादवले बताए । शौचालयको उचाई अन्दाजी ६ फिट सम्म रहेको अनुमान गरिएको छ । ५ फिट भन्दा अग्लो रहेको साह ले आत्म हत्या गर्न नसकिने परिवारको भनाइ रहेको छ । मृतकको शव अहिले सम्म जिल्ला अस्पताल मै रहेको बुझिएको छ ।
कारागार भित्र रहेका कैदीहरु दुइ समुहमा विभाजन भएर प्रदर्शन समेत गरि रहेकोले कारागारको सुरक्षा बधाईएको छ । घटना सम्वन्धमा छानविन गर्न कारागार पुगेका राष्ट्रिय मानव अधिकार आयोगका टोली लाइ कैदी सित भेट्नमा प्रसाशनले प्रतिबन्ध लगाएको छ ।