१४ मङ्सिर
नेपाल सरकारका बन तथा बातावरण मन्त्रि राम सहाय राय यादवले मधेश आन्दोलन लगायत विभिन्न संघर्षको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र माथि संकट कायम रहेको बताउनु भएको छ ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ माधोपुर बजारमा जनता समाजवादी पार्टी नेपाल नगर कार्य समितिले आयोजना गरेको १४ औ अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग भएकाहरुलाई सम्मान तथा सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै मन्त्रि यादवले संघियतालाइ समाप्त पार्ने सड्यन्त्र भइरहेकोले सचेत र सजग रहनु पर्ने आवश्यकता रहेको बताए ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलन , माओवादी जनयुद ,आधिबसी थारु आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाइ समाप्त पर्ने उदेश्यले दुइ पटक संसद विघटन गरेको उल्लेख गर्दै नेपालमा संघियतालाइ जोगाउने कार्य पाच दलीय गठवन्धनले गरेको जिकिर गरे ।
मन्त्रि यादवले बढ्दै गएको तापक्रमको कारण जलबायु परिवर्तनले मानव अस्तित्व माथि खतरा रहेकोले बातावरण जोगाउन वृक्ष रोपन गर्नु पर्ने जोड दिए । जलबायु परिवर्तनको विषयलाइ लिएर संसार भरिका देश चिन्तित रहेको बताउदै विकसित मुलुकले अविकसित मुलुकलाइ सहयोग गर्ने प्रतिवद्दता समेत जनाएको बताए ।
उहाले बेमौशमी वर्षाको कारण किसानहरुलाई बढी क्षति भएको बताउदै चुरे समरक्षण गर्न सरकार गम्भीर भएको जनाए । आम नागरिकलाइ सहज रुपमा काठ उपलव्ध गराउने उदेश्यले २०५१ को नियमावली संशोधन गर्ने तयारी गरिएको बताए । नियमावली संशोधन भएमा आम नेपाली जनताले सहज रुपमा घरमा प्रयोग गर्ने काठ पाउन सक्ने उहाको भनाइ रहेको छ ।
सदियौ देखि शासन गर्दै आएका नेपाली कांग्रेस नेकपा एमालेले मधेशी जनता ,आदिवासी , दलित ,महिला , अपाङ्ग , मुस्लिम , अल्पसंख्यक बर्ग समुदायलाइ अधिकारबाट बन्चित गरि मतको लागि प्रयोग मात्र गर्ने गरेकोले जनता समाजवादी पार्टी नेपाललाइ आगामी निर्वाचनमा पूर्ण रुपमा सहयोग गर्न अपिल समेत गरे ।
प्रदेश सरकारका कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले नेपाली कांग्रेस , नेकपा एमाले र माओवादीले मधेश र मधेशी समुदाय सित विभेद गर्दै आएकोले त्यसलाई सहयोग नगर्न आग्रह गरे । विकास र अधिकारको लागि जनता समाजवादी पार्टी नेपाल एक मात्र विकल्प रहेको दावी समेत गरे ।
प्रदेश सरकारका विकास समितिका सभापति एवं प्रदेश सांसद अब्बुल कलम आजद फुलबाबूले प्रदेश सरकारले गर्दै आएकों लोकप्रिय कार्यलाइ देखेर विपक्षी पार्टीका नेताहरुले प्रदेश सरकारलाइ बदनाम गराउने सड्यन्त्र गरेको आरोप लगाए ।
बेटी पढाउ ,बेटी बचाउ कार्यक्रमको बदनाम गराउने उदेश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छापामारी गराउने कार्य गरिएको सांसद आजदको तर्क रहेको छ ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राम निवास यादव , रेवन्त झा , चुल्हाई राय यादव , गौर नगरपालिकाका उपप्रमुख किरण कुमारी ठाकुर , विन्देश्वर यादव , केन्द्रिय सल्लाहकार समितिका सदस्य राघो राय यादव , प्रदेश सदस्य एवं माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र प्रसाद यादव , लगायतका नेताहरुले आ आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा अपांग हरुलाई ट्राई साइकल , सांकेतिक स्टिक , बैशाखी ,कम्बल वितरण गरिएको थियो । वितरणमा विभेद भएको भन्दै अपांगहरुले नारावाजी गर्दै विरोध समेत गरेका थिए ।
यस अघि बन तथा बातावरण मन्त्रि यादवले सोहि वडामा निर्माण हुने रामजानकी मन्दिरको शिलान्यास समेत गरेका छन् ।