२७ मङ्सिर
प्रधानमन्त्री कप प्रदेश स्तरिय टि – २० महिला सिनियर क्रिकेट प्रतियोगिताको लागी प्रदेश २ को लागि छनौट भएका रौतहट जिल्लाका गौर नगरपालिकाका दुई जना खेलाडीहरुलाई सोमबार सम्मान गरिएको छ ।
प्रदेश क्रिकेट संघले जारी गरेको सूचिमा पहिलो पटक गौरका दुई बालिका खेलाडीले समेत स्थान पाउन सफल भए पछि गौर नगरपालिका र रौतहट जिल्ला क्रिकेट संघले खेलाडी तथा अभिभावकलाई सम्मान गरेको हो ।
प्रदेशको महिला क्रिकेट टिममा छनौट भएकी गौर नगरपालिका वडा नम्बर २ कि मधु राउत र गौर नगरपालिका ३ कि मोनिका साहलाइ गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता र क्रिकेट संघका पधाधिकारीहरुले खादा ओढाएर सम्मान गर्दै प्रशिक्षणको लागि विदाई समेत गरेका हुन् ।
छोरीहरुलाई खेलमा सहभागी गराएर रौतहटको नाम उच्च गर्न सहयोग गरेको भन्दै मेयर गुप्ताले आगामि दिनहरुमा पनि खेलाडी प्रति सदभाव र प्रोत्साहनको खाचो रहेको उनले बताए ।
मधेशमा छोरीलाइ घरमा राख्ने प्रचलनलाइ चुनौती दिदै क्रिकेट खेलमा पठाएका अभिभावकलाइ विशेष धन्यबाद दिदै यस्तो कार्य गर्न अरुलाई प्रेरणा मिलेको बताए ।
जिल्ला ,प्रदेश देखि राष्ट्रिय खेल सम्मको सुखद यात्राको कामना गर्दै मेयर गुप्ताले महिला सशक्तिकरणको एउटा उदाहरण प्रस्तुत गरिएको उल्लेख गरे । सवै क्षेत्रमा महिला अवाल र सबल भएको पुस्टि रौतहटको चेलीले पुस्टि गरेकोमा आफु हर्षित भएको बताए । उहाले दुवै खेलाडीहरुको लागी क्रिकेटको किट प्रदान गर्ने घोषणा समेत गरेका छन ।
बोर्डिङ्ग स्कूलका विद्यार्थीहरु प्रदेशको बन्द प्रशिक्षणमा चयन भएको अवसरमा विभिन्न संस्थाले सम्मान कार्यक्रम गरे पनि नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भने आफ्नै खेलाडीहरुका लागी कुनै कार्यक्रमको आयोजना गरेन ।
सप्तरीको राजविराजमा भएको छनौट प्रतियोगिताबाट प्रदेश २ का लागी छानिएका खेलाडीहरुको “क्लोज क्याम्प” यहि मंसिर २८ गते देखी शुरु हुने क्रिकेट संघ प्रदेश २ ले जनाएको छ ।