रौतहट ६ फाल्गुन
रौतहट जिल्लाको पुरानो विद्यालयको रुपमा रहेका जुद्ध नमुना विद्यालय गौरमा निर्माण हुने नया भवनको शुक्रवार शिलान्यास गरिएको छ ।
नमुना विद्यालय अन्तर्गत निर्माण हुने ८ कोठे ४ तल्ले भवनको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शिलन्यास गरेका हुन् । संघीय सरकारले नमुना विद्यालयको भवन निर्माणको लागि उपलव्ध गराएका ९९ लाखको लागतमा निर्माण हुने उक्त भवनको शिलन्यास कार्य सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गठन गरिएको निर्माण समिति द्वारा निर्माण हुने सो भवनले विद्यालयको भौतिक पूर्वाधार विकासमा थप लाभ पुग्ने नगर प्रमुख गुप्ताले बताउनु भएको छ ।
ठेक्काबाट समयमा निर्माण कार्य सम्पन्न हुन् नसकिने भएको हुदा समयमा कम सम्पन्न हुने गरि निर्माण समितिबाट भवन निर्माणको कार्य गर्न लागिएको उनले बताए ।
भवन शिलान्यास कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्देश्वर राउत , गौर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , वडा अध्यक्ष राकेश झा , राम स्वार्थ राय यादव लगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।