रौतहट, ५ जेठ। रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले बिहीबार विजय जुलुस निकाल्नुभएको छ।नेकपा एकीकृत समाजवादीका उम्मेदवार  शम्भू साहले विजय हासिल गरेको खुसीमा स्थानीय नगरबासीलाई धन्यवाद ज्ञापन गर्न विजय जुलुस निकाल्नुभएको हो। 
नवनिर्वाचित साह निर्वाचित उप-प्रमुख शैल देवीसहित एकीकृत समाजबादी पार्टीबाट निर्वाचित नगरको ६ जना वडा अध्यक्ष र सदस्यहरुको टोलि र हजारौं समर्थकसहित जनताको घर दैलो पुग्ने प्रयास गर्नुभएको छ।
नवनिर्वाचित साह सङ वडा न १ -बाट लालबाबू जयसवाल ,२ -बाट बिनोद जयसवाल ,३- बाट अनसारुल हक ,४ -बाट सन्जय गिरी ,५-बाट अबधबिहारी साह  र वडा नम्बर -९ बाट अर्जुन सिंहले बिजयी हासिल गरेका छन् ।
वडा न -७ मा लोकतान्त्रिक समाजबादीको पान्डेय ,वडा न -८ बाट काङ्ग्रेसका जनार्दन साह र ५ कैँची छापका स्वतन्त्र उम्मेदवार शिबशन्कर यादबले चुनाव जीतेका थिए।स्वतन्त्र उम्मेदवार यादव एकीकृत समाजबादी पार्टिका बागी उम्मेदवार थिए।पार्टीले टिकेट नदिएको झोकमा यादबले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो।
पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै नवनिर्वाचित साह नगर प्रमुखमा जित हासिल गर्नुभएको हो। मेयर पदमा निर्वाचित भएका साहले ६३८१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी अजय गुप्ताले ३७५५ मत प्राप्त गर्नु भएको थियो।
त्यसैगरी, उपमेयरको पदमा पनि समाजवादीकै उम्मेदवार शैल देवि  ४ हजार ८०९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो। उपमेयरको पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी डा शाहजाहा खातुन ३ हजार ६८५ मत पाएर पराजित हुनुभएको थियो ।