१६ श्रावण
महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बसुन्धरा काठमाण्डौको आयोजनामा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर रौतहटको राजदेवी नगरपालिका वड़ा नम्बर ५ हजमिनिया पताही स्थित आधारभूत विद्यालयमा विहिवार संपन्न भएको छ । बाढ़ी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य समस्या ,संक्रमणको तत्काल रोकथाम गर्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
नगर प्रमुख धीरेन्द्र कुमार सिंहको विशेष पहलमा भएको स्वास्थ्य शिविरमा १ हजार १ सय ४० जना महिला पुरुष ,बृद्ध बृद्धा बाल बालिका ,किशोर किशोरीहरुको स्वास्थ्य परिक्षण गरिएको आयोजक सस्थाका डाक्टर रिता महासेठले बताउनु भएको छ । गाइनोक्लोजिस्ट डाक्टर रोजी शर्माले शिविरमा महिलाहरुको पाठेघर खसेको समस्या बढ़ी देखिएको बताएका छन ।
उनले आंग खस्ने समस्या बढ़ी पाइएकोले सुविधा संपन्न वृहद् शैलक्रिया सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको जानकारी गराइन ! बाढ़ी पछि छाला रोगको संक्रमण देखिएको डाक्टर कृष्ण बहादुर राउतले बताए ।
कमजोरीको शिकार भएको महिला पुरुष भेटिएको छ । बाल बालिकामा कान पाकेको समस्या देखा परेको चिकित्सकहरुले बताएका छन । उहाँहरुले प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टरहरुको आवश्यकता अत्यंत जरुरी रहेकोले स्थानीय तहले यस तरफमा ध्यान दिनु पर्ने जोड़ दिएका छन ।
महिलाहरुमा देखिएको पाठेघरको समस्या जटिल रहेकोले समय मै राम्रो कैम्प आयोजना गर्नु पर्ने उहाहरुको सुझाव रहेकोले यस विषय मा गम्भीर भएर लाग्ने नगर प्रमुख धीरेन्द्र कुमार सिंहले प्रतिवद्धता जनाएका छन । बाढ़ी प्रभावित क्षेत्रमा सरसफाई ,शुद्ध खानेपानी , कीटाणु मरने औषधि छर्कनु पर्ने जरुरी रहेको छ ।
बागमती छेउमा रहेको बस्तीहरुमा मुस्लिम सस्थाले जड़ान गरेको २५ देखि ५० फिट सम्मको हैण्ड पाइपको पानी खानुले समेत स्वास्थ्यमा असर परिरहेको छ ।
मुस्लिम राष्ट्र कÞतर ,मलेसिया लगायतका देशबाट हैण्ड पाइप जड़ान गर्ने कार्य रौतहटमा जारी रहेको छ । निशुल्क रुपमा जड़ान गर्नु पर्ने हैण्ड पाइप जिल्लामा रहेका एजेंट ले २५ फिटको २ हजार ५ सय तथा ५० फिटको ५ हजार रकम असूलने गरेको देखिएको छ ।
अवैध रुपमा रकम असली गरी मानिस को स्वास्थ्य संग खेलवाड़ गर्ने सस्थामा कÞानूनी कार्यवाही गर्न स्थानीय तहले अग्रसर हुनु पर्ने स्थानीयहरुको भनाइ रहेको छ ।