१० फाल्गुन
लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान , व्यावसायिक पशु पालनमा नेल्टाको अभियान मुख्य लक्ष्य सहित गठित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ रौतहटको दोस्रो जिल्ला अधिवेशन सदरमुकाम गौर स्थित जिल्ला समन्वय समिति कार्यालयको सभाहलमा शनिवार संपन्न भएकको छ ।
जिल्ला अध्यक्षः मोहमद मुनाफ आलमको सभापतित्वमा भएको जिल्ला अधिवेशनबाट १३ सदस्यीय नया जिल्ला कार्य समिति गठन गरिएको छ ।
नव गठित समितिको अध्यक्षमा प्रदीप साह , उपाध्यक्षमा धीरेन्द्र प्रसाद मण्डल , सचिवमा ज्ञानेंद्र कुमार शर्मा , सह सचिवमा धीरेन्द्र कुमार पटेल , कोषाध्यक्षमा मेनका लामिछाने , सदस्यहरुमा लक्ष्मी साह , दीपक कुमार साह , महिला सदस्यमा सुशीला चौधरी , प्राइवेट सदस्यमा जीतेन्द्र साह , ग्रा. प.स्वा.का.सदस्य राजू कुमार चौधरी , समावेशी सदस्य राकेश कुमार राउत रहेको छ ।
भेलाबाट महाधिवेशन प्रतिनिधिमा वीरेन्द्र प्रसाद पटेल ,रीना राय , धर्मेंद्र कुमार साह , मोहमद मुनाफ आलम , महाधिवेशन पर्वेक्षकमा चुनी प्रसाद चालीसे , राकेश कुमार साह तथा सलाहकारमा परमेश्वर धामी छनौट गरिएको छ ।
जिल्ला समन्वय समितिको अध्यक्ष राम एकवाल यादवको प्रमुख आतिथ्यमा संपन्न उदघाटन सत्रमा परोहा नगरपालिकाका प्रमुख शेख वकील , यूनियन संघका अध्यक्ष इशराजुल खा , नेल्टको केंद्रीय सदस्य दुर्गा प्रसाद चिमोरिया लगायत विभिन्न संचार माध्यमबाट आवद्ध भएका संचारकर्मीहरुको उपस्थति रहेको थियो ।