रौतहट । फाल्गुन ९ । विगत देखिनै चल्दै आएको दाईजो लिएर विहे गर्ने परम्परालाई तोडदै डा। राकेश स्वर्णकारले विना दाईजो विहे गर्नु भएको छ । तराई मधेस तिर दाईजो न लिई विहे गर्ने मान्छे विरलै भेटिन्थ्यो तर अहिले आएर दाईजो न लिई विहे गर्ने मनसाय युवाहरुले बनाएका छन् । त्यही मध्ये एक हुन डा। राकेश । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा जन्मेको राकेशले एम।बि।बी।एसको अध्यन पुरा गरि सके पछि दाईजो लिएर विहे गर्ने युवाहरुको लागि रोल मोडल बनेका हुन् । डा।राकेशले नेपाल सोनार समाजको नेतृत्वमा चल्दै आएको दहेज विरोध अभियान विना दहेज विवाह को अगुवाई जानकी मन्दिर जनकपुरमा विना दाईजो विहे गरेका हुन् । सरकारी सेवामा रहनु भएका बबुुनन्दन साहका छोरा राकेश र गौर नगरपालिका वडा नम्बर ५ निवासी स्वर्गीय लालबहादुर साहको छोरी आरती कुमारी साहका बीच जानकी मन्दिरमा आदर्श विवाह भएको हो ।
विवाहमा बेहुला बेहुलीका परिवारका साथै नेपाल सोनार समाजका अध्यक्ष डा। महादेव साहलगायत नेपाल सोनार समाजका प्रतिनिधिहरु सहभागी थिए
तराई मधेसमा ठुलो रोगको रुपमा रहेको दाईजो प्रथालाई न्युनिकरण गर्ने सोचकासाथ डा। राकेशले दाईजो नामक रोगको उपचारको थाल्नी गर्नु भएको छ । दाईजो न लिई विहे गरेर दाईजो लिएर विहे गर्नेहरुलाई सबक स्वरुप मुह तोड जवाफ दिदैँ आदर्श विवाह गरेर दाइजो लोभीहरुलाई ठुलो सबक दिनु भएको छ ।तराई÷मधेसमा छोराको बिहेमा ५÷७ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ । तर एकजना एमबीबीएस डाक्टरले बिनादाईजो बिहे गरेर उदाहरणीय काम गरेका छन् ।









