रौतहट जिल्लाको गढ़ीमाई नगरपालिकाले सोमबार रहत वितरण गरेका छन । कोभीड़ १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको मारमा परेका विपन्न गरीव ,ज्यालदारी गरीव जीवन यापन गर्ने वर्ग समुदायलाइ खाद्यान सामग्री वितरण गर्ने प्रदेश सरकारको निर्देशन मापदण्ड अनुसार गढ़ीमाई नगरपालिकाले राहत वितरण गरेको हो ।
नगरपालिकाका ९ वटा वड़ामा राहत सामग्री वितरण गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन । प्रत्येक वड़ामा १ सय घर परिवारका दरले ९ सय परिवारलाइ राहत वितरण गरिएको निमित प्रमुख प्रसाशकीय अधिकृत यादवले बताए ।
२० किलो चामल , २ किलो दाल , १ किलो नूं , ३ किलो आलू , १ लीटर खानेतेल , २ पीस साबुन र १ वटा सेनिटाइजर वितरण गरिएको छ । नेपाल सरकार र प्रदेश सरकारले लकडाउनको अवधिमा समस्यामा परेका विपन्न बर्ग र ज्यालदारी गरी जीवन निर्वाह गर्दै आएकालाइ राहत उपलब्ध गराउनु पर्ने दिइएको निर्देशन अनुसार स्थनीय तहले राहत वितरण गर्ने कार्यको निरंतरता दिएका हुन ।
रौतहटमा परोहा नगरपालिकाले प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड अनुसार राहत सामग्री घर घरमा पुर्याएका छन । गौर नगरपालिका , मौलापुर नगरपालिका ,राहत सामग्री वितरण गरी रहेका छन भने माधव नारायण नगरपालिका र राजदेवी नगरपालिका राहत सामग्री वितरण गर्ने तयारीमा रहेका छन ।