विश्वव्यापी कोरोना भाईरस रोग महामारीले गर्दा लाखौं मानिसहरु संक्रमित भइसकेका छन् र ७० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन । यस रोगको जोखिमामा तराईका जिल्लाहरु मध्ये रौतहट जिल्ला पनि उच्च जोखिममा रहेको छ । यस जिल्लमा वैदेशिक रोजगार बाट फर्केका संख्या पनि अत्याधिक रहेको छ । जिल्लाका १८ वटै पालिकाहरुले क्वारेनटाइन सहितका रोकथाम तथा बचावको उपायहरु अपनाइरहेका छन । विश्वव्यापी कोरोना भाइरस रोग को माहामारी रोकथाम तथा प्रतिकार्य गर्नको निम्ति यस रौतहट जिल्लाका स्वास्थ्यकर्मी लगायतका अति आवश्यक सेवा प्रदायकहरुको जोखिमलाई मध्यनजर गरी अक्सफामको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहट मार्फत व्यक्तिगत सुरक्षाका उपकरणहरु तथा सरसफाई स्वच्छता सामाग्रीहरु हस्तान्त्रण गरेका छन । उक्त सामाग्रीहरुमा (१) अस्थायी हात हातधुने स्थानको लागि ६०० थान धारा सुविधा भएको बाल्टिन, (२) स्यानिटाईजर १५० थान (२७५ मि.लि.), (३) लाईफवाय साबुन ५०४० थान (९० ग्राम), (४) कोरोना भाईरस रोग रोकथामका सुचना भएको फलेक्स ५० सेट, (५) ह्यान्डवास ३५० थान (५०० मि.लि) तथा (५) मस्क ४०० थान रहेका छन । उपलब्ध गराएका सामाग्रीहरु क्वारेनटाइन, स्वास्थ्य संस्था लागयत अतिआवश्यक काममा खटने व्यक्तिलाई उपलब्ध गराउने छन । साथै यस संस्थाले थप सरसफाई, स्वच्छता तथा रोकथामका सामाग्रीहरु उपलब्ध गराउनको लागि प्रयासरत रहेको तथा स्थानीय रेडियोहरु मार्फत सचेतना कार्यक्रम जारी रहेको जानकारी यस संस्थाका कार्यकारी निर्देशक आलोक कुमार सिंह ज्यूले जानकारी गराउनु भयो ।