रौतहट । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाललाइ रौतहटको दुर्गाभगवतीमा भव्य स्वागत गरिएको छ ।
हुलाकी मार्ग केन्द्रित जनतासंग माओवादी तराइ मधेस जागरण अभियानको क्रममा शुक्रवार साँझ रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्ड सहित माओवादीका शिर्ष नेताहरुलाइ दुर्गाभगवती गाउँपालिका वडा नं.४ पचरुखी छतौनामा भव्य स्वागत गरिएको छ ।
रौतहटको धर्मपुर,गरुडा,माधोपुर पुगेर दुर्गाभगवतीको छतौनामा कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा सहभागी हुन छतौना पुग्नु भएका प्रचण्डलाइ स्थानिय नेता कार्यकताहरुले भव्य स्वागत गरेका छन् ।
दुर्गाभगवती गापा वडा नं. ४ का वडा अध्यक्ष रमानन्द यादबको अध्यक्षतामा छतौना आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा स्वागत मन्तव्य दुर्गाभगवती गापा अध्यक्ष शम्भु सिंहले राख्नु भएको थियो भने कार्यक्रम संचालन वडा नं. ३ का वडाअध्यक्ष डि.के झाले गर्नु भएको थियो ।
यो भन्दा अगाडी हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत शुक्रवार साँझ रौतहट आइपुगेका माओवादी अध्यक्ष प्रचण्ड शनिवार विहानैदेखी कार्यकर्ता भेटघाट तथा विभिन्न राजनीतीक कार्यक्रममा सहभागी भएका छन् ।
शुत्रवार राति रौतहट आउनु भएका अध्यक्ष प्रचण्ड मलाहीटोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा उनले तिन सय भन्दा बढी नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका थिए ।
त्यसपछि उनी माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका स्वर्गीय वडा अध्यक्ष रामदेनी मुखियालाई श्रद्धाञ्जली दिन पुगेका थिए । त्यस्तै माधोपुर बजारमा पार्टीका नेता कार्यकर्ताहरुसंग घेटघाट गरेका छन् ।
जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिएको सभा र छलफल कार्यक्रममा सहभागी हुँदै प्रचण्ड परोहा नगरपालिकाको लौकाहामा आयोजना हुने ठुलो आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियाे ।