राकेश यादव , ६ कार्तिक
रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित लक्ष्मीपुर बेलविच्छवामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपी ले विभिन्न मिति समयमा पक्राउ गरेको पौने २ लाख मूल्य बरावरको फटका नस्ट गरेका छन ।
चाडवाडको अवसर परेर भारतबाट अवैध रुपमा नेपाल भित्रियाउदै गरेको अवस्थामा नेपाल भारतको सिमा क्षेत्रमा गस्ती गर्ने क्रममा पक्राउ गरिएको उक्त मूल्य बरावरको फटका नस्ट गरिएको हो ।
तिहार र छठ पर्वमा विक्री वितरण गर्ने उदेश्यले भारतबाट नेपालमा भित्रियाउने क्रममा गस्तीमा रहेका सशस्त्र प्रहरीलाइ देखने वित्तिकै छोडेर भागेको बेला बरामद गरिएको १ लाख ६९ हजार १ सय मूल्य बरावरको विभिन किसिमका फटका स्थानीय राजनितिक दलका निर्वाचित जनप्रतिनिधि , समाज सेवी , संचारकर्मीहरुको रोहवरमा नस्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक अजय थापाले बताएका छन ।
गृह मंत्रालयले तिहारमा कौने किसिमको फटका विक्री वितरण गर्नमा रोक लगाएको कारण प्रहरीले सिमा क्षेत्र निगरानी बढाएको छ । दशगाजा क्षेत्रमा कड़ाईका साथ निगरानी बढाएको सशस्त्र प्रहरी निरीक्षक थापाले जनाएका छन ।