राकेश यादव , ४ भाद्र
तत्कालीन नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सभासद अशोक जायसवालले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघीय संसद प्रभु साह माथि विभिन्न किसिमका गंभीर आरोप लगाउदै पार्टीबाट कड़ा कार्यवाही गर्नु पर्ने जोड़दार रुपमा मांग गरेका छन ।
नेकपाका प्रदेश २ को अध्यक्ष पदबाट प्रभु साहले राजीनामा दिए लगतै साह बाट पीडि़त भएका पूर्व नेकपा माओवादीका कार्यकर्त्ताहरुले सदरमुकाम गौरमा बुधवार पत्रकार सम्मलेन गरी सांसद साह माथि अनेक किसिमका आरोपहरु लगाउदै विरोधमा उत्रिने चेतावनी समेत दिएका छन ।
विगत २ वर्ष देखि सहन गर्दै आएका पीड़ाहरु पूर्व माओवादीका कार्यकर्त्ताहरु एकठाऊमा भेला भएर सार्वजानिक गरेका हुन । गौर स्थित रामजानकी धर्मशालाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मलेनमा पूर्व सभासद जायसवालले प्रभु साह ईमानदार कार्यकर्त्ताको हत्या गरी आफ्नो श्रीमतीलाइ मेयर बनाएको आरोप लगाएका छन । प्रभु साह स्थानीय निर्वाचन देखि संघीय ,प्रादेशिक निर्वाचन सम्मको टिकट वितरणमा निषेधको राजनितिक गरेको उल्लेख गर्दै सींगो पार्टीलाई आफ्नो परिवार र निजी गुटमा परिणत गरेको दावी गरेका छन ।
पूर्व जिल्ला इंचार्ज समेत रहेका जायसवालले प्रभु साहले पार्टीका उम्मीदवारलाइ हराउने कार्य गरेको समेत उल्लेख गरे । उहाले भने प्रभु साह खुलम खुल्ला रुपमा पदीय मर्यादाको खिल्ली उडाएका छन । प्रभु साहले स्थानीय चुनावमा गुटका उम्मीदवार नभएको कारण परोहा , राजपुर नगरपालिका , ईशनाथ नगरपालिका ,गरुडा नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा पार्टीका उम्मीदवारलाइ पराजित गराएको उनको कथन रहेको छ ।
प्रभुको नीच हरकतको कारण पार्टीले ८ सीट गुमाएको ठोकूवा गरे । रौतहटमा ८ वटा स्थानीय तह जित्न सकिने अवस्थामा ३ वटामा मात्र सिमित भएको टिपण्णी गरे । जायसवालले प्रादेशिक समितिबाट राजीनामा दिनु अर्को पद पाउनका लागि पार्टीलाइ घुरकी देखाउने खेल मात्र रहेकोले राजीनामाको पछि नलाग्न पार्टीका बफादार कार्यकर्त्ताहरुलाई आग्रह गरेका छन ।
२ दशक देखि पार्टीमा रहेर जनयुद्ध लडका धीरज पटेललाइ स्थानीय निर्वाचनमा टिकट नदिएर आफ्नो श्रीमतीलाइ मौलापुर नगरपालिकाको प्रमुख चुनाव लड़ाएको जिकिर गरे । लामो समय सम्म मधेशमा चालेको आन्दोलनको संविधान सभामा हस्ताक्षर नगरी नक्कली मधेशको मसीहा बन्न खोजेका साहले पछि त्यही संविधानलाइ अंगीकार गरी मंत्री समेत बनेको नकारात्मक टिपण्णी गरे । उहाले भने सधै स्वार्थको राजनितिक गर्ने साह को विरुद्ध हामी संघर्ष गर्ने छौ ।
पार्टीको अहित हुने गरी कार्य गर्दै आएका पूर्व मंत्री साह माथि पार्टीले कार्यवाही नगरे सामानांतर समिति बनाई संघर्ष गर्ने धमकी समेत दिए । पछिलो समय दुइ पार्टी एकता भएपछि गठित प्रदेश समितिमा पनि साहले गुटगट गरेको बताए । जिल्ला कमिटीको नाम सहमति विना सार्वजानिक गरिदा सामाजिक संजाल मार्फत तथा लिखित रुपमा पार्टी हेडक्वाटरलाइ जानकारी गरौदा पनि कुनै बस्ता नगरेको कारण बाध्य भएर सार्वजानिक रुपमा पत्रकार सम्मलेन आयोजना गरेको समेत बताए ।
श्रावण ३२ गते प्रदेश समितिले लेटरपैडमा गाउँपालिका र नगरपालिकाका कमिटिको अध्यक्ष र सचिवको नाम सार्वजानिक गरिदा गुटगट देखिदा धार्यताको बांध टुटेको भन्दै जायसवालले पार्टीमा गरिएको योगदान समेत खेर गएको प्रस्ट परे । उहाले भने चरम सिमाको गुटबंदी देखिदा धार्यता को बाध टुट्यो र बाध्य भएर पत्रकार सम्मलेन आयोजना गर्नु परयो ।
जायसवालले जिल्ला कमिटीमा ईमानदार कार्यकर्त्ता रामविकेश यादव को नाम समावेश नगरी डाकालाइ रातरात जिल्ला समितिमा समावेश गराएको भन्दै आपत्ति जनाए । जनयुद्ध कालमा सुराकी गरी प्रहरीको सहयोग गर्ने आफ्नो दाई नागेन्द्र साहलाइ पार्टीका जिल्ला समिति सदस्य बनाएको बताए ।
२ दशक देखि कहिले पनि नाम नसुनेको आफ्नो श्रीमती रीना साहलाइ मेयर बनाएर प्रभु साहले पार्टीको निति सिद्धांत नियमको धज्जी उडाएको उनको भनाइ रहेको छ । पत्रकारहरुलाई प्रभु साह सित विना पदको राजनितिक गर्न सक्नु हुन्छ भनी प्रश्न सोध्न समेत आग्रह गर्दै पीड़कको पक्षमा बकालत नगरी पीडि़तको पीड़ा बुझ्न अपील गरे ।
हजारौको संख्यामा सहभागी भएका असंतुस्ट एवं पीडि़त माओवादी कार्यकर्त्ता सहभागी भएका सम्मेलनमा सम्वोधन गर्दै जायसवालले बलिदानको गरिमामय इतिहास बोकेका रौतहट जिल्लाको सींगो पार्टी र कार्यकर्त्तालाइ सिध्याएर आफ्ना घरपरिवार र सिमित दलालहरुको पार्टी बनाउन खोजेको प्रदेश अध्यक्ष प्रभु साहलाइ पद दुरूपयोग गरेको अभियोगमा कार्यवाही गर्न पार्टी नेतृत्व संग मांग गरेका छन ।
पार्टीले सार्वजानिक गरेको प्रदेश सदस्य ,जिल्ला पदाधिकारी ,जिल्ला सदस्यको नामावली र नगर ,गाउँपालिका कमिटिको पदाधिकारीका नाम हरु गुटगट एवं निषेधात्मक र विना कुनै मापदंडको रहेको भन्दै उक्त निर्णयको घोर भत्सर्ना गरेका छन । उनले सवैको सलाह अनुसार निर्णय गर्न समेत मांग गरेका छन । जायसवालले घुमौउरो शव्दमा पार्टीलाई डाका , दलालको भरमा नछोड़ने बताए ।
पार्टीको लागि विना पदको आजीवन कार्य गर्ने समेत उद्घोष गरेका छन । सम्मलेनमा प्रभु साहबाट पीडि़त भएका यमुनामाई गाउपालिका अध्यक्ष श्री प्रसाद मुखिया ,वड़ा अध्यक्ष नन्दलाल यादव , दुर्गाभगवती गाउँपालिकाका निर्वा्चित वड़ा अध्यक्ष , राजपुर नगरपालिकाका निर्वा्चित वड़ा अध्यक्ष लगायत मेयर ,अध्यक्षका प्रत्यासी उम्मीदवारहरु सहित पार्टीका साधारण कार्यकर्त्ता सहभागी भएका थिए ।