राकेश यादव , ८ असोज
बेलायत सरकार तथा बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण सस्था आर आर एन द्वारा संचालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा संचालित पूर्वाधार निर्माणका योजनाहरुको बुधवार संयुक्त अनुगमन कार्यक्रम संपन्न भएको छ ।
सामुदायिक विकास कार्यक्रम अंतगत गठित उपभोक्ता समूह मार्फत निर्माण भएको बर्थिंग सेंटर सामुदायिक विद्यालय र वड़ा कार्यालयको भवनको संयुक्त रुपमा अनुगमन गरिएको हो । स्वास्थ्य संस्थाको निर्माण पछि स्थानियहरु हर्षित देखिएका छन ।
स्थानीय वड़ा नम्बर ३ मटिअर्वामा सामुदायिक विकास कार्यक्रमको २७ लाख ३८ हजार २४७ रुपैया र नगरपालिकाको ५ लाख ५१ हजार १५२ रुपैया गरी ३२ लाख ८९ हजार ३ सय्य ९९ रुपैयाको लागतमा निर्माण भएको मटिअर्वा स्वास्थ्य चौकी भवन , बौधिमाई नगरपालिका वड़ा नम्बर २ इनरवामा सामुदायिक विकास कार्यक्रमबाट ३५ लाख ३४ हजार ६ से ६८ रुपैया र नगरपालिकाले उपलब्ध गराएको १ लाख १६ हजार ८८ रुपैया गरी ३६ लाख ५० हजार ७ से ५६ रुपैयाको लागतमा आधारभूत प्राथमिक विद्यालयको भवन र बौधिमाई नगरपालिका वड़ा नम्बर ७ को सामुदायिक विकास कार्यक्रमको ८७ लाख ५१ हजार ८८० रुपैया तथा स्थानीय निकायको ८ लाख ५८२ गरी ९५ लाख ५२ हजार ४६२ रुपैयाको लागतमा निर्माण गरिएको वड़ा कार्यालयको भवनको स्थलगत निरिक्षण तथा उपभोक्ता समिति सित अन्तर्क्िरया गरिएको थियो ।
अनुगमन कार्यक्रममा सहभागी भएका जिल्ला समन्वय समिति रौतहट का अध्यक्ष राम एकवाल राय यादवले सामुदायिक विकास कार्यक्रमले जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन ।
आर आर एन सस्थाले पारदर्शिताको नमूना प्रस्तुत गर्दै उपभोक्ताहरुलाई योजना कार्यान्वयन गर्ने तर्फमा अपनत्वको विकास गरेको उल्लेख गरे । अध्यक्ष यादवले रौतहटको विकासमा थप योगदान पुर्याउन सहयोग गर्न परियोजना अपरिहार्य भएको जिकिर गरेका छन ।
उपाध्यक्ष राम असीस राय यादवले निर्वा्चित जनप्रतिनिधिहरुले कर्मचारीहरु प्रति निगरानी बढाउनुको विकल्प नरहेको बताए ।
सामुदायिक विकास कार्यक्रमले संपन्न गरेको योजना सराहनीय रहेको भन्दै स्थानीय निकायका जनप्रतिनिधिहरुले पनि विकासको प्रति पारदर्शिता कायम गर्दै अघि बढ्नु पर्ने धरना राखे । उनले कर्मचारीको कारण अनियमितता बढेको बताए । कर्मचरिहरुले इमान्दारिता सित काम गरेमा भ्रस्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरे । स्थानियहरुले निर्माणको कार्य पारदर्शी रुपले सम्पन्न भएको प्रतिकृया दिएका छन ।
बौधिमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद चंद्रवंशी , जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रामनरेश साह , एन जी ओ फेडरेशनका हरे श्याम झा , नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद साह , बातावरण तथा बाल विकास केन्द्रका अध्यक्ष धर्मेन्द्र पासवान , यूएनएपÞmपीएका भवनाथ झा लगायत संचारकर्मी संजय मिश्रा , राकेश कुमार यादव , जिल्ला समन्वय समितिका सदस्यहरुको टोलीले योजनाहरुको अनुगमन गरेको सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक लिलबहादुर कार्कीले जनाएका छन ।