राकेश यादव ,६ कार्तिक
नेपाली कांग्रेसका केंद्रीय सदस्य एवं पूर्व संगठन विभागका प्रमुख आनन्द प्रसाद ढुंगनाले सरकार मुलुकमा सर्वसत्ता एकात्मक सत्ता लादन खोजेको बताएका छन । प्रजातन्त्र र नेपाली कांग्रेसलाइ सफाई गरेर आफ्नो प्रभुताको निमित एकात्मक सत्ता स्थापना गर्ने खोजेकोले यो असंभव रहेको दावी गरे ।
राजपुरमा भएको बम काण्डको आरोपमा पक्राउ परेका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान सांसद मोहमद आफताव आलमको विषयमा सत्य तथ्य बुझनको लागि रौतहट आउनु भएका ढुंगनाले गौरमा संचारकर्मीहरु सित कुराकानी गर्दै २०१६ साल देखि मुलुकमा प्रजातन्त्र स्थापनको निमित पुरै परिवार सहित देश र जनताको सेवामा समर्पित रहेका परिवारको आलमले यस्तो घटना गैर्न सक्छ भने विश्वास नरहेको बताए ।

आलमलाइ झूठो साजिसमा सरकारले फसाएको भए पनि कानूनले न्याय दिनेमा कांग्रेस पूर्ण रुपमा विश्वस्त रहेको जनाए । कंचनपुरमा भएको निर्मला पन्तको घटनामा सत्य तथ्य पत्ता लगाउन असमर्थ भएको सरकारले १२ वर्ष पुरानो मुद्दामा कस्तो अनुसन्धान गर्छ भनी हेरी रहेको बताए ।
सरकारको अनुसन्धान पहिला पनि हेरिसकेको र अहिले पनि हेर्ने भन्दै ढुंगनाले सरकार नेपाली कांग्रेसको विरुद्धमा नै लागि परेको आरोप लगाए । देवेन्द्र कड़ेलको विषयमा अनावश्यक मुद्दा उठाएको उदहारण दिदै नेता ढुंगनाले आलमलाइ अनुसन्धानको बहाना बनाएर थुनामा राख्नुले वर्त्तमान सरकार कांग्रेस र लोकतंत्रको विरुद्धमा रहेको पुस्टि भैरहेको बताए ।
कड़ेललाइ भारतीय भनी अनुसन्धान गर्ने भने सरकारले लोकतंत्र र प्रजातन्त्रको लागि लड़ने जनतालाई अनुसन्धानको बहानामा थुन्न नपाउने उल्लेख गरे । उनले भने कांग्रेस विधिको शासनलाइ आत्मसात गर्दै आएको छ । पार्टी सभापति शेर बहादुर देउवाको कम्युनिस्ट पार्टीको साशन आएमा तपाई रुन नपाउने भनाइ प्रस्तुत गर्दै ढुंगनाले त्यस्तै अवस्था सृजना गर्न लागेकोले सचेत हुनु पर्ने धरना राखे ।
लोकतन्त्र , प्रजातन्त्र र जनताको अधिकारको लागि लड़ने व्यक्तिहरुलाई गैर कÞानूनी रुपमा हिरासतमा लिएर शक्ति ह्रास गर्ने कार्य नगर्न सरकारलाइ सुझाव दिएका छन । कम्युनिस्ट सरकारले सडयंत्र पूर्वक कांग्रेस तथा नेपाली जनता माथि अन्याय अत्याचार भए भने चुप लागेर नबस्ने धमकी समेत दिए । नेपाली कांग्रेस विधिको शासन र अदालतको निर्माण मान्ने विचारधाराको भएकोले कानून र न्यायको विरुद्ध जाने प्रस्ट परे ।
रौतहटमा बम काण्ड बाहेक भएका अन्य हत्या काण्डको छानविन नभएको छानविन हुनुपर्ने कांग्रेसले मांग गर्नु पर्नेमा मौन भएको पत्रकारले उठाएको प्रश्नको जवावमा नेता ढुंगनाले कुनै पनि घटनाको निष्पक्ष अनुसन्धान हुनु पर्नु पर्छ भने पक्षमा रहेकोले कम्युनिस्टले सोचेको सपना पूरा कुनै पनि हालतमा हुन नसक्ने ठोकूवा गरे ।
कांग्रेस रहुन्जेल सम्म लोकतंत्र समाप्त नहुने भन्दै संसारमा कही पनि कम्यूनिस्को शासन चालेको छैन र भविष्य मा हुने पनि छैन बताए । एकात्मक सर्व सत्ता राजतन्त्र , पंचायत व्यवस्था चलन नसकेकोले नेपालमा कम्युनिस्टको एकात्मक सत्ता नचल्ने दावी गरे ।