भूमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख सीताराम थापा महिनौ देखि कार्यालयमा नआएको कारण सेवाग्राहीहरुको कामकाज प्रभावित भएका छन ।
बड़ा दशैको बेला घर गएका प्रमुख थापा हल सम्म कार्यालयमा उपस्थित हुन नसकेको कारण दैनिकी मुद्दा मामिला तथा जग्गा रजिस्ट्रेशनको काम काज प्रभावित भएका हुन ।
कार्यालय प्रमुख नहुँदा निवेदन सम्म दर्ताको काम भैरहेको छन भने रजिस्ट्रेशन ,नामसारी , मोहि सम्बन्धी मुद्दाको प्रभावित भएको सेवाग्राहीहरुले बताएका छन । महिनौ दिन सम्म घर बसने कार्यालय प्रमुखलाइ विभागीय कार्यवाही गरिनु पर्ने सेवाग्राहीहरुले जोड़दार रुपमा मांग गरेका छन । टाढाबाट रकम खर्च गरेर कार्यालय आउने सेवाग्राहीलाइ विना कामकाज फिरता हुनु पर्ने बाध्यता रहेको छ ।
अहिले सम्म यस्तो गैर जिम्मेवार र आफनो दायित्व नबुझ्ने हाकिम रौतहटमा नआएको टिपण्णी स्थानियहरुले गर्न थालेका छन । कार्यालय प्रमुखले समयमा कार्यालय आउनु पर्नेमा गैर जिम्मेवारीपना देखाउने कार्यालय प्रमुख थापाले सरुवा गरेर नया जिम्मेवारी बुझने र जनताको काम काज छिटो छरितो गर्ने खालका प्रमुख पठाउन सम्वन्धित निकाय सित स्थानीयले मांग समेत गरेका छन ।
हाजिर भए देखि नियमित रुपमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुख थापाले राज्यको रकम समेत दुरूपयोग गरेको स्थानियहरुको आरोप रहेका छन । लेखापढ़ी कानून व्यवसायीहरुले कार्यालय प्रमुख कार्यालयमा नआउदा जनताको काम काज प्रभावित भएको गुनासो गरेका छन । सेवाग्राहीको गुनासो सुन्दा सुन्दै प्रमुख जिल्ला अधिकारी किरण थापा समेत आती सक्नु भएको अवस्था रहेका छन । फोन बन्द गरेर घरमा बसेका प्रमुख थापाको गुनासो चरम सीमा नाघेका छन ।
प्रमुख जिल्ला अधिकारी थापाले विभागमा अर्को कर्मचारी पठाउन अनुरोध समेत गरेको बताएका छन । अर्को कर्मचारी पठाउनु पर्ने सम्वन्धित मंत्रालयमा दवाव दिनु पर्ने सुझाव दइदै प्रमुख जिल्ला अधिकारी थापाले दवाव भए छिटै मंत्रालयले कर्मचारी व्यवस्थापन गर्न सकिने बताए ।