१७ माघ
गौर नगरपालिकाले जिल्ला अस्पताल गौरमा प्रसूति महिला र नवजात शिशुको शरीर न्यानोको लागि न्यानो झोला र कम्बल उपलब्ध गराएका छन । जन्मेको बच्चा र आमालाइ सुरक्षित राख्न सहयोग पुग्ने उदेश्यले उक्त सामग्री हस्तानांतरण गरिएको हो ।
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शुक्रवार अस्पताल पुगेर प्रसूति कक्षमा रहेकि २० जना महिलालाइ न्यानो झोला र कम्बल वितरण गरेका छन । न्यानो लुगाले आमा र बच्चाको शरीरको तापक्रम सामान्य बनाउन मदत हुने विश्वास मेयर गुप्ताले व्यक्त गरेका छन । गौर नगरपालिकाले अस्पताल को लागि १९८ थान न्यानो झोला र १ सय थान कम्बल उपलब्ध गराएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख जमशैदले बताए ।
अस्पतालमा सुरक्षित प्रसूति गराउने आउनेलाई १ थान न्यानो झोला र एउटा कम्बल दिइने छन । न्यानो झोला भित्र आमा र बच्चालाइ लगाउने कपडा रहेको छ । सामग्री हस्तानांतरण कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर कृष्णा साह लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।