११ फाल्गुन
रौतहट जिल्लाको गौरमा निर्माण हुने ब्लड बैंकको भवनको आइतवार एक कार्यक्रम विच शिलान्यास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको भवनको परिसरमा करीव १ करोड़ १० लाखको लागतमा निर्माण हुने दुइ तल्ले भवनको गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले शिलान्यास गरेका हुन ।
मानवको जीवन दानको लागि समय समयमा आयोजना हुने रक्तदानबाट संकलित रगत सुरक्षित राख्ने उदेश्यले ब्लड बैंकको भवनको आवश्यकता रहेकोमा स्थानीय तहको सहयोगमा भवन निर्माणको कार्यको थालनी गरिएको मेयर गुप्ताले बताएका छान ।
भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता स्थानीय तहका प्रमुखले जनाए पनि गौर नगरपालिकाले मात्र १५ लाख रकम उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति संजीव कुमार मल्लिकले जानकारी दिएका छन ।
प्रकृति प्रकोपको बेला रगतको हुन सक्ने आभावलाइ न्यून गरी रगतको सहज आपूर्तिको लागि ब्लड बैंकको आवश्यकता महसूस गरिएकोले निर्माणको प्रारम्भ गरिएको छ । मानव संग प्रत्यक्ष सरोकारको विषय रहेकोले स्थानीय तहका प्रमुखहरुले सेवामुखी सस्थालाइ स्वस्फूर्त सहयोग गर्नु पर्ने धरना जिल्ला सभापति मल्लिकको रहेको छ ।
लाखौ करोडौँ खर्च गर्ने स्थानीय तहले सवैको सहयोग हुने कार्यमा सक्रियता देखाउनु पर्ने जिकिर गरे । उहाले ब्लड बैंकको लागि समयमा सहयोग उपलब्ध गरै दिन अनुरोध समेत गरेका छन । शिलान्यास कार्यक्रममा निर्वा्चित जनप्रतिनिधि रेडक्रस कर्मीहरुको सहभागिता रहेको थियो । फोटो १