रौतहट ,२६ चैत्र
रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ६ कटरवन निवासी पूर्व प्राध्यापक सत्य नारायण प्रसाद यादवले वर्तमान अवस्थामा स्थानीय तहको कम कार्यवाही प्रति असन्तुस्टि जनाएका छन ।
शिक्षा पेशाबाट सामजिक सेवामा पदार्पण गरेका यादवले रौतहटको शिक्षाको अवस्था उकास्न स्थानीय तहको भूमिका गतिशील नभएको टिपण्णी गरेका छन । प्राध्यापक सेवाबाट सेवा निवृत भाई जन्म स्थलमा सामाजिक सेवा गर्ने सोच लिएर लामो समय पछि घर फर्किएका यादव सानो व्यापरको शुरुवात समेत गरेका छन ।
२०२९ सालमा सरकारी सेवा खरीदारबाट प्रवेश गरेका यादव नायव सुब्बा हुदै २०३३ साल मा शिक्षक सेवामा प्रवेश गरेका थिए । नेपाली विषय लिएर शिक्षा सेवामा प्रवेश गरेका यादवले २०३५ सालमा मुड़वालवा माध्यमिक विद्यालयमा प्राध्यानध्यापक भएर आएका थिए ।
किराना पसल खोलेर सेवा निवृति जीवन विताई रहेका यादवले बुधवार जनकपुर टुडेका संवाददाता राकेश कुमार यादव सित कुरा गर्दै राजदेवी नगरपालिकाको गतिविधि बारे गुनासो गरे । युवा नया उमंग जोश भएका नगर प्रमुख धीरेन्द्र कुमार सिंह निर्वा्चित भए पछि विकास हुने आशा अपेक्षा नगरवासीले लिएको थियो तर निर्वाचन भएको ४ वर्ष पुग्न लाग्दा नगरपालिकाको विकास गति लीन नसकेको दुखेसो पोखे ।
विकासको गति नलिनुमा सवै निर्वा्चित जनप्रतिनिधि जिम्मेवार रहेको ठहर गरे । राजदेवी मंदिरको प्रांगणमा नगरपालिकाको गाडी पार्किंग स्थलको रुपमा प्रयोग गरिएको प्रति चिन्ता व्यक्त गरे ।
सिरहा क्याम्पसमा २०४० साल देखि प्राध्यापकको रुपमा कार्य गरेका यादवले सामाजिक विकासमा वुद्धिजीवी ,समाजसेवी , जेष्ठ नागरिक लाइ पनि महत्त्व दिनु पर्ने जोड़ दिए । शिक्षाको अवस्था धरासायी हुदै गइरहेकोले भविष्यको संतानको जीवन अंधकारमय हुने जोखिम रहेको जिकिर गरे । उहाले भने राजदेवी मंदिर नजिक रहेको प्राथमिक विद्यालयको अस्तित्व समाप्त हुदै गइरहेको छ नगरप्रमुखको ध्यान छैन ।
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा २००५८ सालमा उप प्राध्यापक भई २०७३ सालमा सेवा निवृत भए पछि सामाजिक क्षेत्रमा सक्रीय भएका यादवले नगरपालिकाको कम कार्यवाही समावेशी सहभागिता मूलक पारदर्शी ढंगबाट सञ्चालन गराउन आग्रह गरे ।
पूर्व प्राध्यापक यादवले राजदेवी मंदिरको पुजारीको बासको व्यवस्थापन तरफ ध्यान दिनु पर्ने जरुरी रहेको बताउँदै जिल्ला दैविक प्रकोप उद्दार समितिको नाउमा दर्ता रहेको साढ़े १० कठ्ठा जग्गा सार्वजानिक प्रयोजनको निमित प्रयोगमा ल्याउन आवश्यक पहल गर्न सुझाव दिए । राजनितिक संयन्त्र जनताको हितको लागि कार्य गर्न उपयुक्त हुने भएकोले जनभावना विपरीत प्रयोग भए निन्दनीय हुने तर्क गरे ।
समाजवादी पार्टीले बुझाएको २५ बुँदे ज्ञापन पत्रको सम्वोधनको लागि कुनै चासो नदेखेकोले आलोचना गर्दै यादवले मेयरले जनहितकारी एवं दीर्घकालीन कार्य गर्नु पर्ने जिकिर गरे । सड़क नालाको निर्माणले व्यक्तिको विकास नहुने जिकिर गर्दै शिक्षाको विकास नै मानवको सर्वोपरि विकास भएको ठहर गरे ।
जनताको सेवा गर्न आफु तत्पर भएकोले सञ्चालन गरेको पसलबाट विषम परिस्थतिमा सहूलियत दरमा खाद्यान सामग्री दिने गरेको बताए । नगरपालिका कार्यालयको छेउमा नै पसल रहेको र यो अवस्थामा होम डिलेभरी गर्नु पर्ने सरकारले भनी रहेको बेला खाद्यान आपूर्तिको लागि नगर प्रमुखले ध्यान दिनु पर्ने बताए ।