२६ चैत्र
रौतहट जिल्लामा कोरोना भाइरसको परिक्षण गरिएको १७ जनाको रिपोर्ट निगेटिभ आएको छ । विभिन्न स्थानीय तहमा कोरोना भाइरसको संक्रमण रोकथामको उदेश्यले बनाइएको क्वारेंटाइनमा बसेका मध्ये पठाइएको १७ जनाको स्वाव परिक्षणको रिपोर्ट निगेटिव आएको जिल्ला प्रसाशन कार्यालय गौरले जनाएको छ ।
जिल्ला भरीमा रहेका ८३६ बेडको क्वारेंटाइनमा १५जना महिला र २१४ जना पुरुष गरी २२९ जना बसेको छ । मंगलवार २४३ जना रहेको थियो ! क्वारेंटाइनबाट अहिले सम्म ३१ जना फिर्ता भइसकेको छ । ५७ जनाको चेक जांच गरिएको छ । २५ वटा आइसोलेशन वार्ड रहेको र पीपीईको संख्या ५९१ पुगेको जिल्ला प्रसाशन कार्यालयले जारी गरिको विबरणबाट देखिएको छ ।
महामारीबाट बाच्नको लागि विदेशबाट स्वदेश फर्केकाहरुलाई क्वारेंटाइन गरिएको छ । संघीय सरकार र प्रदेश सरकारले क्वारेंटाइन स्थापना गर्नु पर्ने स्थानीय सरकारलाइ निर्देशन दिए पछि धमाधम स्थानीय तहमा क्वारेंटाइनको स्थापना गरियो । जिल्ला सदरमुकाम देखि लिएर ग्रामीण भेग सम्म क्वारेंटाइन बनाइएको भएपनि बस्नेहरुलाई चाहिने आवश्यक सहयोग सामग्रीको कमी देखिएको छ ।
क्वारेंटाइनको सञ्चालनको जिम्मा नेपाली सेनाको रहेको छ । दक्ष अनुभवी चिकित्सक , आवश्यक परिक्षण गर्ने उपकरण , व्यक्तिगत सुरक्षा , खानपीनको व्यवस्थापन हुनु पर्ने नितांत आवश्यक रहेको छ । क्वारेंटाइनमा बसनेहरुले व्यवस्थति नभएको गुनासो गर्ने गरेको छ ।