रौतहट २९ चैत्र
नेपाली कांग्रेसका युवा नेता मोहन यादवले विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथामको लागि गौरी शंकर यादव फाउण्डेशनको तर्फबाट ३३ प्रतिशत क्लोरीन भएको सैनिटाइजर हस्तानांतरण गर्नु भएको छ । भाइरसको जोखिम न्यूनीकरण गर्नको लागि सहयोग पुग्ने उदेश्यले सहयोग गरेको नेता यादवले बताएका छन ।
मानव जीवन माथिको उत्पन्न भएको खतराको बेला सहयोग गर्नु मानवीय धर्म भएको धरना राख्दै यादवले यो लकडाउनको समयमा सुरक्षित साथ घर मै बसी नेपाल सरकार , गाउ , समाजलाइ संक्रमणबाट जोगाउन सवैमा आग्रह गरे ।
गौर नगरपालिकालाइ सैनेटाइज गर्नको लागि ४५० किलो ,जिल्ला प्रहरी कार्यालयलाइ ५० किलो र सशस्त्र प्रहरी बल ११ नम्बर गणलाइ ५० किलो सेनिटाइजर पाउडर सहयोग सवरूप उपलब्ध गराइएको छ ! मानव जीवनको रक्षाको लागि आफ्नो तर्फबाट सानो सहयोग गरेको उहाको भनाइ रहेको छ ।