२९ चैत्र
नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष एवं राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को प्रदेश सांसद चन्दा चौधरीले जिल्ला अस्पताल गौरलाइ शनिवार स्वास्थ्य सामग्री हस्तानांतरण गर्नु भएको छ ।
सांसद चौधरीले प्रदेश २ का महोतरी , सर्लाही र रौतहटका अस्पताललाइ कोरोना भाइरस विरुद्धको अभियानमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको लागि अति आवश्यक स्वास्थ्य सामग्री सस्थाको सहयोगमा उपलब्ध गराएको हो ।
संकटको बेला जिल्ला अस्पतालमा आफै उपस्थित भएर सांसद चौधरीले उक्त सामग्री अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख जमशैदलाइ बुझाएका हुन । सस्थाका अध्यक्ष समेत रहेकि चौधरीले प्रदेशको संक्रमण मुक्त बनाउने अभियानमा सहयोग गरेको प्रतिक्रिया दिएका छन ।
आफैले बुझाएको छू र बाकी जिल्लाको लागि मुख्यमंत्री महमद लालबाबू राउत गद्दीलाइ हस्तानांतरण गर्ने जानकारी गराए । रौतहटबाट संघीय र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दर्जनौ सांसदले आफ्नो जिल्लाको लागि केहि नगरे पनि बाहिर जिल्लाको सांसद भएर पनि जिल्ला अस्पताल रौतहटलाइ री यूजूबल पीपीई सेट सहयोग दिएर उदाहरणीय कार्य गरेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र भित्रमा भएको नगरपालिका र क्वारेंटाइनमा स्वास्थ्य सामग्री उपलब्ध गराएको भए पनि अन्य सांसदहरुले केहि गर्न सकेको छैन ! २ वटा सेनिटाइजर गर्ने स्प्रे मशीन , १५ वटा ५ सय ग्रामको सेनिटाइजर , सर्जिकल माक्स , १० थान री यूजूबाल पीपीई , सर्जिकल ग्लव्स १२५ पीस ,सस्थाको तर्फबाट उपलब्ध गराइएको छ ।
कार्यक्रममा सहभागी भएका गौरनगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले विपदको बेलामा जनताको सुरक्षाको लागि स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गर्नु भएकोमा सांसद चौधरी लगायत उहाको सस्था नेपाल भारत महिला मैत्री समाजलाइ धन्यवाद दिएका छन । उहाले विपदको बेलामा आएर मानवीय धर्मको निर्वाह गर्नु भएकोले नगरपालिकाको तर्फबाट विशेष धन्यबाद ज्ञापन गर्दछौ भन्नु भो ।
मेयर गुप्ताले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको आभाव भएकोले यसको शीघ्र व्यवस्थापनको लागि पहल गरी दिन समेत आग्रह गरे । रौतहट बाट प्रतिनिधित्व गर्ने संघ प्रदेशका सांसदले अहिले केहि नगरे पनि चाडै नै सहयोग गर्न विश्वास व्यक्त गरे ।
प्रभु साह बाहेकका अन्य कोही पनि जनप्रतिनिधिले आफ्नो तर्फबाट स्वस्फूर्त रुपमा सहयोग गर्ने घोषणा गरेका छैन । व्यवस्थापन समितिका अध्यक्ष जमशैदले धन्यवाद ज्ञापन गर्दै चिकित्सकको व्यवस्थापनको लागि जोड़ दिए ।
अस्पतालका मेडिकल सुपरिटेंडेंट डाक्टर कृष्णा साहले स्वास्थ्य कर्मीको लागि गर्नु भयो सहयोग प्रति आभार व्यक्त गर्दै चिकित्सकको आभावले उत्पन्न भैरहेको समस्याको समाधानको लागि प्रदेश सरकार सित गंभीर रुपमा पहल गरिदिन अनुरोध गरे ।