२८ बैशाख
रौतहट जिल्लामा सामाजिक दुरीको धजिया उडाउने कार्य भएको छ । विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभीड़ १९ को संक्रमण रोकथाम नियंत्रण तथा उपचारको लागि नेपाल सरकारले गरेको पूर्ण लकडाउन खुकुलो गरिए पछि सामाजिक दुरीको कुनै पालना भैरहेको छैन ।
सामाजिक दुरी व्यवस्थापन गर्दै अति आवशयक पसल सञ्चालन गर्ने भनी नेपाल सरकारको निर्णयले कोरोनाको जोखिम उच्च भएको छ । संक्रमण पÞmैलन नदिनको लागि सामाजिक दुरी अवलम्बन गरिनु पर्ने अनिवार्य भएपनि बाजार सञ्चालनमा आउदा सामाजिक दुरीको अवज्ञा भैरहेको छ । लकडाउन गरिनु पर्ने कतिपयको सुझाव रहेको छ ।
गौर लगायत जिल्लाको विभिन्न ठाउ गरुडा , कटहरिया , बंकुल , सन्तपुर , समनपुर , चन्द्रनिगाहपुरमा बाजार पूर्ण रुपमा सञ्चालनमा आएको छ । सरकारी कार्यालय , यातायातका सवारी साधन भने बंद रहेको छ । गौरमा वित्तीय सस्था बैंक कपडा पसल , किराना पसल का‘स्मेटिक पसल , इलेक्ट्रा‘निक्स पसल , गैरेजहरु समेत खुली सकेको छ ।
आम नागरिकको जीवन यापनमा सहयोग पुग्ने उदेश्यले सरकारले लकडाउन खुकुलो गरेकोमा असमझदारीको कारन संक्रमण पÞmैलन सकिने उच्च जोखिम बढेको हो । विहान १० बजे देखि बेलुकी ४ बजे सम्म पसल खुल्ला गर्ने गरेको छ ।
बाजार खुल्यो भनी स्थानीय सेवाग्राहीहरुको चहल पहल बढेकोमा सामाजिक दुरी व्यवस्थापन गर्न स्थानीय प्रसाशन लाइ समस्या भएको छ । संक्रमण प्रति सरकार गंभीर नभएको भनी नकारात्मक टिपण्णी आलोचना पनि तीव्र रुपमा भैरहेको छ ।