४ जेष्ठ
रौतहट जिल्लाको राजदेवी अगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंहले बागमती नदीको पच्छिम तर्फको बांधको बचाउनको लागि निर्माण भैरहेको ठोककर स्परको कार्य जेष्ठ मसान्त सम्ममा संपन्न हुने बताउनु भएको छ ।
गएको वर्ष असाढ़ महीनामा आएको बाढ़ीले क्षतिग्रस्त बनाएको वड़ा नम्बर ६ स्थित स्पर ठोकरलाइ पुनः निर्माणको कार्य भैरहेको हो । वर्षाको मौसम भन्दा पहिला नै निर्माण कार्य सकिने गरी धमाधम कार्य भैरहेको जनाए । बागमती तथा लालबकैया नदी नियंत्रण कार्यालयको आर्थिक सहयोगमा स्पर निर्माण कार्य भैरहेको छ । स्पर नम्बर १ को लागत कर सहित ८७ लाख ४९ हजार ३१० रुपैया रहेको छ ! स्पर नम्बर १ र २ को लम्बाई ८२ मीटर रहेको मेयर सिंहले बताए ।
बागमती नदीको पानीको बहावको गति नियंत्रण गरी बांधलाइ कटान बाट सुरक्षित राख्नको लागि २ वता ठूलो स्पर तथा एउटा सानो स्पर बनाउन लागिएको हो । सानोको लम्बाई ४७ मीटर रहेको छ । बाढ़ीको उच्च जोखिममा रहेको सदामुकÞाम गौर लाइ सुरक्षित राख्नु पर्ने लक्ष्य समेत रहेको छ ।
बागमती नदीको बांध भत्किएमा राजदेवी नगरपालिकाको वड़ा नम्बर ४ , ५ , ६ , ७ , ८ , र ९ तथा गौर नगरपालिकाको ८ वटाहरु डुवानमा पर्नुको साथै भारतको मसहा मुसाचक , बैरगनिय लगायतका गाउ जोखिममा पर्ने जोखिम रहेको छ । आफ्नो तथा परोसी नगरपालिकाका सम्पूर्ण नागरिकको रक्षाको लागि समयमा बांध मरमत ठोकर निर्माणको कार्य गर्नु परिरहेको मेयर सिंहको भनाइ रहेको छ ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोभीड़ १९ को कारण निर्माण कार्यमा नकारात्मक असर परेपनि स्थानीय प्रसाशन तथा संघीय सरकारको सहयोगले सामाजिक दुरीको अवलम्बन गर्दै ठोकर बनाउने कार्य शुरू गरिएको बताए ।
मेयर सिंह ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयलाइ पटक पटक आग्रह गरेपछि रकम विनियोजन गरिएको बताउँदै सम्वन्धित विभागले अरु स्पर निर्माणको कार्यादेश लिखित रुपमा नदी पनि मौखिक रूपको आदेशलाइ आधार मानेर कार्य गराउन लागेको प्रस्ट परे ।
सिंहले जनताको ज्यू ज्यान धन , तथा भौतिक क्षति न्यूनीकरणको लागि कार्य बढाएको बताए । कार्यादेश पाउने समेत विश्वास जनाए । सत्ताको अनुपातमा अलप मतमा रहेका मेयर सिंहले नगरको विकास समृद्धिको लागि संघर्ष गरिदै अघि बढ़ने गरेको छ ।
जनता समाजवादी पार्टीको पूर्ण बहुमत रहेको उक्त स्थनीय तहमा नेपाली कांग्रेसबाट एक जना मात्र वड़ा अध्यक्ष निर्वा्चित छन ! तत्कालीन समाजवादी पार्टीबाट निर्वा्चित भएकी उपमेयरले आतंरिक रुपमा सधै विबाद गर्ने गरेको भए पनि अन्य जनप्रतिनिधिहरु विकास निर्माणको कार्यमा मेयरलाइ सहयोग गर्दै आएका हुन ।
जनता समाजवादी पार्टीका युवा नेता शम्भू सिंह सुर्प्रीमले बागमती नदीको बांध मरमत तथा ठोकर निर्माणको कार्यलाइ सकारातमक रुपमा लिएको बताएका छन । उहाले कार्य गर्नु राम्रो हो तर पारदर्शी रुपमा गर्नु पर्ने जोड़ दिए । मधेशी बिचारधारा लिएर अघि बढ़ने नेताको पहिचान बनाउन सफल रहेका सुप्रीमले वर्षा पूर्व बागमती नदी र लालबकैया नदीको बांध मरमत गर्नु पर्ने सुझाव दिए ।
स्थानीय समाजसेवी नविन कुमार सिंहले यस पाली बागमती नदी नियंत्रित गर्ने कार्य नभए बस्ती नै समाप्त हुने उच्च जोखिमलाइ मेयरको प्रयासले सुरक्षित हुने विश्वास जना