रौतहट ,१६ आषाढ़
नेपाल सरकारले ल्याएको नागरिकता विधयेकको विरुद्धमा जनता समाजवादी पार्टीका कार्यकर्त्ताहरुले रौतहटमा पनि सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार समाजवादी पार्टीका नेता कार्यकर्त्ताहरु सदरमुकाममा प्रदर्शन गरेको हो ।
विदेशी बुहारीलाइ ७ वर्ष पछि नेपाली बैबाहिक अंगीकृत नागरिकता प्रदान गर्ने विधयेक खारिज गर्नु पर्ने ,अंतरिम संविधानमा गरिएको नागरिकता प्रावधानलाइ आधार मान्नु पर्ने नारा लगाउदै सरकारको विरोद्धमा चर्को प्रदर्शन गरेको हो ।
महामारीको बेलामा सरकारको कारण देश भरीमा राज्य व्यवस्था समितिले छलफलको लागि पठाएको बैवाहिक अंगीकृत नागरिकताको विरोध भैरहेको छ । प्रदेश सांसद लगायत केंद्रीय ,जिल्ला स्तरीय ,क्षेत्रीय ,नेता कार्यकर्त्ता सहभागी भएका विरोध रैली मधेशी क्रांति चौकबाट शुरू भई नगर परिक्रमा गर्दै कोण सभामा परिणत भएका थिए ।
सभामा प्रदेश सांसद बाबूलाल साह कानू , अवबूल कलम आजाद उर्फ फूलबाबू , बाबूलाल साह , नेता रामेश्वर प्रसाद यादव लगायतले नेपाल सरकार मधेश विरोधी गतिबिधि गर्नुको साथै नेपाल र भारत विच सदियौ देखि को सम्वन्ध तोड़न लागेको आरोप लगाए । त्रेता युग देखिको रोटी बेटीको सम्वन्ध नेकपा सरकारले बैबाहिक अंगीकृत नागरिकता सम्वन्धी बिधेयक ल्याएर समाप्त गर्ने सडयंत्र गरेकोले त्यसको विरुद्धमा मधेश लगायत देश भरीमा चर्को आन्दोलन हुने चेतावनी दिएका छन ।
नेताहरुले विधयेकले मधेशमा प्रत्यक्ष असर पर्ने भएकोले खारिज नगरे विगत कै जस्तो मधेश तात्ने सरकारलाइ धमकी समेत दिएका छन । रैलीमा पार्टीका भातृ संगठन युवा ,शिक्षक , विधार्थी नेताहरुहरु पनि सहभागी भएका समाजवादी पार्टीका विद्यार्थी नेता ओम प्रकाश साह मधेशियाले बताएका छन ।
कोरोना भाइरसको संक्रमण तथा धान रोपाईको कारण प्रदर्शनमा सहभागिता उत्साह पूर्वक नदेखिए पनि औपचारिकता पूरा गर्न सफल भएको छ । पछिलो समय देखि नेताहरुको क्रिया कलापबाट आम जनता विछुब्ध भएको देखिएको छ ।