अजित कुमार कर्ण ।। २८ कार्तिक
रौतहटमा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । रौतहटको यमुनामाइ गाउपालिका वडा नम्बर ५ झुन्खुन्वामा भएको कार दुर्घटनामा ४ जना भारतीय नागरिक तथा गौर नगरपालिका वडा नम्बर ८ गौर सिर्सिया सडक खण्डमा टेम्पुले ठक्कर दिदा एक जना महिला गरि ५ जनाको ज्यान गएको हो ।
भारत विहारको पुर्विचाम्परण अन्तर्गत थाना पताही ग्राम पंचायत बेतौनाबाट छठ पर्वको प्रसाद लिएर रौतहटको देवाही गोनाही आएर फर्किदै गर्दा युके १२ सी २९०० नम्बरको कार शनिवार राती झुन्खुन्वा स्थित सडक किनारमा रहेको खाल्डोमा दुर्घटना हुदा कारमा सवार रहेका ४ जना भारतीय नागरिकको घटना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तिब्र गतिमा रहेको भारतीय नम्बरको कार अनियन्त्रित भै दुर्घटना हुदा भारतको बिहार पुर्विचम्पारण स्थित पताहि बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिम महतो र २८ वर्षीय अमित महतो घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले दुर्घटना अत्यधिक मात्रामा रक्सी सेवन गरि गाडी चलाएको कारण भएको खुलेको हो । छठको प्रसाद लिएर आफ्नो बहिनीको घर आएका थिए रक्सी सेवन गरेको कारण आफन्तले नजान आग्रह गर्दा पनि हठ गरि घर जान गाडी लिएर आएको बुझिएको हो ।
यस्तै टेम्पुले ठक्कर दिदा स्थानीय राजदेवी नगरपालिका वडा नम्बर ६ निवासी सत्य नारायण यादवको श्रीमति ५५ वर्षीय रमिला देवीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी महिला लाइ उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउदा उपचारको क्रममा मृत्यु भएको र टेम्पु तथा चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना परि मृत्यु भएकाहरुलाई शव परिक्षण गरि दाह संस्कारको लागि परिवारको जिम्मा लगाईएको छ ।