रौतहट ।। रौतहटको प्रमुख जिल्ला अधिकारीको रुपमा मधेशी समुदयाका ईन्द्रदेव यादवको आगमन संगै जिल्लावासीमा खुसीयाली छाएको छ ।
नेपालको ईतिहासमा प्रमुख जिल्ला अधिकारीको पदमा सधै पहाडी वर्गाको हावी रहदैँ आएको अवस्थामा वि.स. २०६३ सालको मधेश आन्दोलन पछि मधेशी समुदायका नागरिकहरुलाई पनि विभिन्न सरकारी सेवाको उच्च पदमा प्रवेश गरे संग प्रमुख जिल्ला अधिकारी पदमा पनि केही मधेशी समुदायका व्यक्तिहरुको पहुचले सवै मधेशी समुदाय उत्साहित बनेका छन् ।
विभिन्न जाती संगै यादव जातीको बाहुल्य जिल्लाको रुपमा रहेको रौतहटमा प्रदेश नं. २ को सिरहा जिल्ला निवासी ईन्द्रदेव यादव आज प्रमुख जिल्ला अधिकारी रुपमा पदभार ग्रहण गर्नु जिल्लावासी उत्साहीत बनेको हो । प्रजिअ ईन्द्रदेव यादव, जो नेपालको निजामीत सेवामा अवल र अग्रपंतीमा उभिएको चेहरा हो । मधेशी युवाहरुको मार्गदर्शकको रुपमा अगाडी रहेको ईन्द्रदेव यादव २०६२ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टको पदबाट सरकार सेवा शुरुआत गर्नु भएको हो ।
सिरहा जिल्लाको बरियार पट्टी गाउँपालिका कजरा झिजैल निवासी ३९ वर्षिय ईन्द्रदेव यादव २०६९ सालमा नेपाल सरकारको निजामती सेवाको शाखा अधिकृत पदमा नेपाल टप गर्न सफल भई कडा मेहनत र लगनसिलताबाट वि.स. २०७५ सालमा उपसचिव र २०७७ सालमा सह—सचिव भई आज रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार ग्रहण गर्नु भएको हो ।
निकै नै सालिन, शान्त र सरल स्वभावका प्रजिअ यादव, रौतहट जिल्लामा उच्च सहाशका साथ समग्र जिल्लाको शान्ती सुरक्षा, सुशासन कायम गर्न प्रजिअ ईन्द्रदेव यादव पक्क सफल हुने स्थानियहरुको भनाई रहेको छ ।
यादव जातीको बाहुलय जिल्लाको रुपमा रहेको रौतहट जिल्लामा पहिलो यादव सिडियो आउदाँ यादवसंग मधेशीहरु गौरवान्वीत महसुस गर्दै रौतहटबासी नयाँ प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई भव्य स्वागत गरेका छन् । राउतहरुको हाट ( बसोवास) रहेको कारण रौतहट नामाकरण भएको हो । राउत भन्नाले खासगरी यादव ९ग्वाला० जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटबाट अपभ्रंस भएर बनेको हो। यसप्रकार रौतहट शब्दको अर्थ यादवहरूको वस्ती भएको ठाउँ भन्ने बुझिन्छ । अहिलेको यादव भनेर प्रचलित जातिलाई गोआर, ग्वार, अहिरको साथै राउत पनि भन्ने चलन थियो । राउतहरूको बस्ती बढी भएकोले ुराउतु बस्ती हुँदै कालान्तरमा रौतहट हुन गयो भनि अनुमान लगाउन सकिन्छ। सकारात्मक सोचका धनी रहेको प्रजिअ ईन्द्रदेव यादवलाई समग्र जिल्लाको शान्ती सुरक्षा, सुशासन कायम गर्न सवैको सहयोग आवश्यक रहेको बृद्धिजिवीहरुको तर्क रहेको छ ।