१८ भाद्र
निरंजन राम ,विजय राम र मिन्त्री देवी हत्याकाण्ड संघर्ष समिति रौतहटले हत्याराको कार्यवाही प्रहरी प्रमुखको निलम्बनको मांग गर्दै सदरमुकाम गौरमा विहिवार प्रदर्शन गरेका छन । प्रहरी हिरासतमा प्रहरी द्वारा गरिएको अमानवीय व्यव्हार र चरम यातनाको कारण मृत्यु भएका विजय रामको हत्यामा संलग्न रहेका प्रहरीलाइ कÞानूनी दायरामा ल्याउनका लागि दवाव सृजना गर्ने उदेश्यले संघर्ष समितिले प्रदर्शन गरेका हुन ।
गौर स्थित बस पार्कबाट निस्केको रैली प्रहरीको विरुद्ध चर्को नारावाजी गर्दै नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । कोण सभामा सम्वोधन गर्दै दलित अगुवा नेता धर्मेन्द्र पासवानले निरंजन रामको हत्यामा संलग्न रहेका वास्तविक हत्यारा सच फलफूल बागवानी नर्सरीका लखन साह र राजगीर साहलाइ जोगाउनको लागि प्रहरीले आर्थिक प्रलोभनमा विजय राम लगायत ७ जना निर्दोषलाइ हिरासतमा लिएर विजय रामलाइ सडयंत्र पूर्वक कुटपिट गरी हत्या गरेको आरोप लगाए ।
विजय रामलाइ दिइएको यातनाको विस्तृत विवरण सुनाउदै उपचारमा पनि प्रहरीले लापरवाही गरेको सुनाए । २ दिन सम्म अवस्था गंभीर भए पनि प्रहरीले उपचारमा कुनै चासो देखाएका थिएन उनले भने गंभीर अवस्था भएपछि नेशनल मेडिकल कालेज वीरगंजमा भर्ना गर्न लागिएको थियो ! प्रहरीको निर्ममता पूर्वक कुटाईबाट शरीरका विभिन्न अंग खराव भएका विजयलाइ बलात्कारको अभियुक्त रहेको भन्दै प्रहरीले डाक्टर लाइ रिपोर्टिंग गरेको कारण चिकित्सकले उपचारमा ढीला सुस्ती देखाएको कारण मृत्यु भएको पासवानले उल्लेख गरे ।
आखा भरी आशु बोक्दै पासवानले भने यस्तो अन्याय दुनियामा कसैले गर्न सकिदैन ! पोस्टमार्टममा तलमाथि हुन सक्ने आशंका लागे पछि काठमाण्डौ लगेर शव परिक्षण गराउदा चिकित्सकले पशुको जस्तो गरिएको कुटपिटको कारण मुख्य अंग खराव भएर विजय रामको मृत्यु भएको बताएको जानकारी गराउँदै आर्थिक प्रलोभनमा परी कुटपिट गरेको प्रमाण हामी संग रहेकोले अपराधी बच्न नसक्ने दावी गरे ।
हिरासतमा रहेका विजयलाइ बालजवर्दस्ती आरोप स्वीकार गर्नको लागि कुटपिट गर्ने प्रहरीले मोबाइलमा कुरा गर्दै स्वीकार्य गर्न नसकेको जाती कुटे पनि आफ्नो अड़ान कायमै राखेको सुनाएको रेकार्ड पनि फेला परिसकेको पासवानले जनाए ।
कोणसभामा सम्वोधन गर्दै पर्साका दलित अगुवा नेता मनोज रामले दलित माथि सुनियोजित तरीकाबाट गैर दलितहरुले हत्या हिंसा गरिरहेको बताए ! प्रदेश २ लगायत देश भरीमा नै दलित समुदाय असुरक्षित रहेको भन्दै सुरक्षा दिन नेपाल सरकार असफल भएको दावी गरे । अहिले सम्म १३ जना दलितको हत्या भएको भन्दै रामले प्रदेश २ सरकारले ल्याएको दलित शसक्तीकरण येन देखावटी मात्रा रहेको जिकिर गरे ।