१८ भाद्र
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा दिइएको चरम यातना पछि मृत्यु भएका विजय रामको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खडकालाइ जिम्मेवारीबाट मुक्त गरिएको छ ।
साउन ३१ गतेका दिन स्थानीय गरुडा नगरपालिका वड़ा नम्बर ८ बसविटी जिगाडि़या निवासी २२ वर्षीय निरंजन रामको घाटी रेती गरिएको हत्याको अभियोगमा ७ जना सहित पक्राउ परेका विजय रामलाइ प्रहरीले हिरासतमा गरेको कुटपिटबाट भाद्र १० गते राति १ बजेको समयमा उपचारको क्रममा मृत्यु भए पछि हत्यामा संलग्न रहेका प्रहरी प्रमुख खडका र इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञान कुमार महतो लगायतका प्रहरीलाइ कार्यवाही गर्नु पर्ने भन्दै दलित अगुवाहरुले प्रदर्शन गर्दै आएका छन ।
विजय राम हत्या प्रकरणमा छानविन गर्नका लागि गठित गरिएको छानविन समितिले छानविनको अनुसन्धान प्रक्रिया शुरू गरी सकेको पछि तत्कालीन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नविन सिंह ,प्रहरी हवल्दार मुन्ना सिंह र हीरोज मिया धुनियालाइ निलंबन गरी सकेको छ । डीएसपी महतोलाइ प्रदेश प्रहरी २ को कार्यालय जनकपुरमा तानिएर महतोको साटोमा प्रहरी प्रधान कार्यालय नक्सालले नरेन्द्र कुंवरलाइ पठाएको छ ।
प्रहरी उपरीक्षक खडकाको कार्य कमजोर देखिएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सलले जिम्मेवारी खोस्दै नक्सलमा तानेको छ र खडकाको ठाउँमा प्रहरी उपरीक्षक सिद्धि विक्रम साहको काज सरुवा गरिएको छ ।
निरंजन राम हत्या काण्डमा संलग्न रहेको लखन साह र राजगीर साह लाइ हिरासतमा लिनु पर्ने मांग राख्दै पूर्व मंत्री विश्वेन्द्र पासवान र पूर्व राष्ट्रिय सभा सदस्य राम प्रीत पासवान इलाका प्रहरी कार्यालय गरुडा को मुख्य गेटमा आमरण अनसन जारी राखेको छ भने संघर्ष समितिले चरणबद्ध आंदोलनको कार्यक्रमलाइ निरंतरता दिएको छ