राकेश यादव १८ कार्तिक
सार्वजानिक ठाउमा खुल्ला मंचबाट जनता समाजवादी पार्टीका प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री , प्रदेश सांसद ,नगर प्रमुखहरुको प्रत्यक्ष रोहबरमा सम्पूर्ण नेपाली मधेशी महिलालाइ लक्षित गरी गल्त शव्द प्रयोग गरेका जनता समाजवादी पार्टीका निर्वाचन विभाग प्रमुख एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य अनिल कुमार झाको विरुद्धमा रौतहटका महिला ,युवाहरु सड़कमा उत्रिने भएका छन ।
कार्तिक ११ गते जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ राजपुर तुलसीमा वड़ा दशै ,शुभ दीपावली ,तथा आस्थाका महान पर्व छठको अवसरमा जनता समाजवादी पार्टी गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधनको क्रममा स्थानीय तहका प्रमुख तथा बैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका युवाहरुको श्रीमतीलाइ लक्षित गर्दै प्रयोग गरेका शव्द गलत ,अमर्यादित ,असिस्ट र गैर जिम्मेवारी पूर्ण भएकोले सांसद पदबाट राजीनामा दिनु पर्ने मांग गर्दै जिल्लामा भएका महिला संग संगठन ,संजालले संयुक्त रुपमा आंदोलन गर्ने घोषणा गरेका हुन ।
आफ्नो मान ,सम्मान ,स्वाभिमान तथा अधिकारको रक्षा गर्नको लागि अमूल्य मत दिएर जिताएका जनप्रतिनिधिले नै खुल्ला मंचबाट महिला ,युवाको बेईज्जती गर्नु कानून विपरीत भएकोले संघीय सांसद अनिल झा माथि कार्यवाही गर्नु पर्ने तथा सांसद पदबाट राजीनामा दिनु पर्ने अड़ान लिएर महिलाहरु सड़क तताउने भएका हुन ।
नेपाल पिछड़ावर्ग ओबोसी महासंघ रौतहट र अन्तर महिला पार्टी संजाल रौतहटले संयुक्त रुपमा महिला प्रति घृणित शव्द प्रयोग गरेका अनिल झा ले सांसद पदबाट राजीनामा नदिने सम्म निर्वाचन क्षेत्र भित्र कुनै कार्यक्रम हुन नदिने साथै शांतिपूर्ण आन्दोलन गर्ने कार्यक्रम तय गरेको बारे विधिवत रुपमा सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवलाई जानकारी गराई सकेको संजालका जिल्ला अध्यक्ष भुवनी श्रेष्ठले जानकारी गरेकी छीन ।
बुधवार गौरमा भएको सामूहिक बैठकमा आउदो विहिवार देखि चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम शुभारम्भ हुने निर्णय भएको उहाले बताएकी हुन । नारीको सम्मान नगर्ने पार्टी र उसका नेतालाइ महिलाहरुले नछोड़ने समेत चेतावनी दिए । आफ्नो घरको महिलालाइ मन सम्मान नगर्ने नेताले सार्वजानिक रुपमा खुल्ला मञ्चबाट सम्पूर्ण महिलाको मर्यादा प्रति अपशव्द प्रयोग गर्न समेत नपाउने टिपण्णी गर्दै महिलाको अपमान गर्ने विरुद्ध कड़ा रुपमा प्रस्तुत हुने समेत जनाए ।
आन्दोलनको मूर्त रूप दिनको लागि बुधवार देखि गाउ गाउमा गई महिलाहरुलाई आफ्नो प्रतिष्ठाको रक्षा गर्न शक्तिको रुपमा आऊँन आग्रह गर्ने र विहिवार रौतहट को सदरमुकाम गौरमा सांसद झा को विरुद्ध बृहद प्रदर्शन गर्ने योजना बनाएको सुनीता श्रेष्ठले बताएकी छीन ।
नगरपालिका र गाउँपालिकामा सांसदले विकास निर्माणको लागि रकम पठाउदा मेयरहरुले भाषण दिन्छ सांसदहरुले दियो के भन्दै गाउँपालिका र नगरपालिकाको खातामा आउने रकम मेयरले आफ्नो बाउ को सम्पति बेचेर ल्याएको हो भनी सम्वोधन गर्ने सांसद झा ले विदेशीका युवकहरुले कमाएर पठाएका रकम उहाको श्रीमतीहरुले पिÞmल्म हेर्दा हेर्दै अरु पुरुष संग भाग्ने पनि गरेको उदहारण प्रस्तुत गरेका थिए ।
संघीय सांसद झाले नगर प्रमुख र महिला प्रति अपशव्द प्रयोग गरी भाषण गरी रहदा सही स्टेज मै बसेका प्रतिका केंद्रीय सदस्य , प्रदेश सदस्य ,जिल्ला अध्यक्ष , प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव , निर्वाचन क्षेत्र नम्बर १ क विधान सभाका विधायक बाबूलाल साह , माधव नारायण नगरपालिकाका प्रमुख वीरेन्द्र यादव टाउको निहुर्याएर उनको शव्दको समर्थन गरिरहेको देखिएको थियो ।
आफ्नै पार्टीका नेताले मधेशी महिलाको चरित्र माथि हमला गरिरहदा विधायक साहले टाउको निहुर्याएर बसेको थियो भने राज्य मन्त्री यादव हाथमा पिउने पानीको बोतल लिएर हल्लाउदै गरेको प्रति महिलाहरु निकै आक्रोशित भएका छन । निर्वाचनको समयमा आमा ,बहिनी भन्दै गुहार्ने नेता जितेपछि त्यही महिला दीदी बहिनीको प्रतिष्ठा खुल्ला रुपमा लिने गरेको कार्य घोर निंदनीय रहेको ठहर गरेका छन ।
शव्द प्रयोगमा त्रुटि गरेको भन्दै सोही पार्टीका केन्द्रीय सदस्य रेवन्त झा ले शव्द चयनमा गलती भएकोले सच्चियाउनु पर्ने आफ्नो धरना सार्वजानिक गरेपनि पार्टीका अन्य नेताहरु आफ्नो विचार राख्न सकेका छैन । रौतहटमा रहेका मेयर क्लव र उपमेयर क्लवले केहि नबोली चुपी साधेको प्रति निकै आलोचना भइरहेका छन ।
आफुले गलती गरेको मह्सुश गरेका सांसद झा ले क्षमा माग्नुको साटो आफ्नो बचाव गर्न सामाजिक संजालमा समर्थकहरुलाई परिचालन गरेको प्रति जिल्लाका युवा ,बुद्धिजीवीहरु असंतुस्ट भएका छन । युवाहरुले गाउ गाउमा सांसद झा को पुतला दहन समेत गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।
सार्वजनिक स्टेजबाट गलत शव्द प्रयोग गर्ने सांसद झा ले माफी माग्नु पर्ने भनी नेकपाका प्रतिनिधि सभा सदस्य श्रीमती रेखा देवी झा र श्रीमती सरला यादवले लिखित रुपमा विज्ञप्ति जारी गरिसकेको छ भने नेपाली कांग्रेस रौतहटका सभापति कृष्णा यादवले महिला र मेयर को प्रति गलत शव्द प्रयोग गर्ने सांसद झा को राजीनामा समेत मागेका छन ।
नेपाल सरकारले जारी गरेको मुलुकी अपराध संहिंता २०७४ को परिच्छेद २ गाली बेईज्जती सम्वन्धी कसूरको दफा ३०५ को उपदफा १ मा गरिएको कÞानूनी व्यवस्था कसैले कसैलाई गाली गर्न नहुने व्यवस्थाको घोर उलंघन गरेका छन ।
उपदफा २ मा भनिएको छ उपदफा १ को प्रयोजनको लागि कसैले कसैलाई होच्च्याउने नियतले बोली वा बचनले अपमानजनक शव्द प्रयोग गरिमा निजले गली गरेको मानिनेछ ।
सोही दफाको उपदफा ३ मा उपदफा १ प्रयोजनको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्ष सम्म कैद दश हजार रुपैया जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएकोमा सांसद झा ले सार्वजानिक मञ्चबाट महिला प्रति र स्थानीय जनप्रतिनिधि प्रति होच्च्याउने नियतले अपमानजक शव्दको प्रष्ट रुपमा प्रयोग गरेकोले कÞानूनी कार्यवाही हुने अवस्था रहेको छ ।
तत्कालिन कानुन मन्त्री शेरबहादुर तमांगले विदेशमा अध्यन गर्न गएका बालिका प्रति गरेको अभद्र टिप्पणीको कारण पार्टी भित्रबाट उठेको चर्को अवाजको आफनो पदवाट राजिनामा दिएको उदाहरण रहेको छ ।