२३ कार्तिक
नेपाली कांग्रेसका गौर नगरपालिकाका युवा नेता मोहन कुमार यादवले गौर नगरपालिकाले विकासमा फड्को लिन नसकेको बताउनु भएको छ ।
आऊंन लागेको शुभ दीपावली तथा आस्थाका महान पर्व छठ को अवसर नेपाली कांग्रेस नगर कार्य समिति गौर नगरपालिकाले आयोजनगरेको शुभ कामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै नेता यादवले गौर नगरपालिका भित्र विकासले तीव्र गति लिन नसकेको टिपण्णी गरेका हुन ।
गौर नगरपालिकाका पूर्व नगर प्रमुख स्वर्गीय गौरी शंकर यादवले आफ्नो पालामा गौर लाइ गरेको व्यवस्थित जस्तो अहिले सम्म नगरपालिकामा ठोस विकास निर्माणका कार्य नगरेको तुलना गर्दै नगर पालिकाका विकासको कार्य बालुवामा पानी खन्याएको जस्तो भएको बताए ।
जिल्लाको सवै भन्दा पुरानो नगरपालिकाको रुपमा स्थापित भएका गौर आधुनिकता तर्फ नगई पुरानो अवस्थामाँ नै रहेको जनगुनासो रहेको बताउँदै यादवले जनताले आगामी दिनमा परिवर्तनको बाटो रोज्नु पर्ने एक मात्र विकल्प रहेको बताए ।
स्थानीय निर्वाचनमा गौर नगरपालिकाका नगर प्रमुखको पदमा प्रतिस्पर्धा गर्ने तैयारी गरिरहेका यादवले नगरपालिकालाइ विकसित नगरपालिका बनाउनु पर्ने धरना राखे । नगरपालिकामा शहरी विकास मंत्रालयको भौतिक पूर्वाधार निर्माणको कार्य बढ़ी दिएको र नगरपालिकाको विकास कागजमा बढ़ी देखिएको आरोप लगाए ।
शुभकामना कार्यक्रममा गौर नगरपालिकाका वडा नम्बर ८ का निर्वाचित वड़ा अध्यक्ष जनार्दन साहले शहरी विकास मंत्रालयबाट भई रहेको बरहवा ताल संरक्षणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहे पनि नगर प्रमुख अजय कुमार गुप्ताले कुनै चासो नदेखेको टिपण्णी गरे ।
उहाले बारहवा तालको कम्पाउंड वाल निर्माणमा २ नम्बरको इट प्रयोग भैरहेको दावी गर्दै निर्माण कम्पनीका ठेकेदारले गरी रहेको अनियमिताको बारे सार्वजानिक गरी दिन संचारकर्मीहरुलाई आग्रह गरे ।
नगर उपाध्यक्ष संजय कुमार यादको सभापतित्वमा भएको सो कार्यक्रममा वड़ा नम्बर १ का वड़ा अध्यक्ष भरत साह , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रविन्द्र प्रसाद साह लगायतले आ आफ्नो शुभकामना मंतव्य राखेका थिए ।