२९ मङ्सिर
नेपाल सरकारका नेतृत्व गरिरहेका नेकपाको विरुद्ध नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौरमा सोमबार विशाल प्रदर्शन गरेका छन् । नेपाली कांगेस केन्द्रिय कार्यालयको पुर्व घोषित कार्यक्रम अन्तर्गत कांग्रेसले करिव ३० हजारको जनसंख्यामा प्रदर्शन गरेको हो ।
जिल्ला कार्य समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागी कांग्रेस कार्यकर्ताहरुले कम्युनिस्ट सरकारको विरुद्धमा चर्को नारावाजी गरेका थिए । गौर राइस मिलको प्रांगणबाट निस्केको विशाल रैली नगर परिक्रमा गर्दै पुनः राइस मिलमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा सहभागी भएका कांग्रसका जिल्ला स्तरीय नेताहरुले कम्युनिस्ट सरकार अधिनायकबादी को सरकार भएको आरोप लगाएका छन् ।
जनताको जनभावना तथा आन्दोलनबाट प्राप्त भएको संघियता , गणतन्त्र समाप्त पर्ने सड्यन्त्रमा लागेको रौतहट क्षेत्र नम्बर ४ का सांसद देवी तिमिल्सिनाले टिप्पणी गरे । सांसद तिमिल्सिनाले वर्तमान सरकारले लुटतन्त्रको बढावा दिएको ठोकुवा गर्दै अव यो सरकारको अन्त्य हुने समय नजिक आएको बताए ।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति कृष्ण प्रसाद यादव , शेख वकिल , मोहमद शेख सकिल , रामचन्द्र गिरि लगायतका नेताहरुले कम्युनिस्टको सरकार लोकतन्त्रको आगि घातक भएको ढाल्नु पर्ने जिकिर गरे ।